नि:शुल्क स्यानिटाइजर बिक्रि काण्डः हिल्समा पनि छापा, काला बजारी गरेको ठहर सहित कार्बाही (फलोअप – २)

# अनु आर्चाय #

५ बैशाख, नेपालगञ्ज/ नेपाल सरकारको जनसख्या तथा स्वास्थ्य मन्त्रालयका लागि उत्पादन गरि जनतामा निशुल्क बितरण गर्ने भनी लेखिएको स्यानीटाइजर दीपक अग्रवालको कमला मिडिसिन मार्फत बजारमा बिक्रि बितरण काण्डमा लहरो तान्दा पहरो जाने क्रम जारि छ ।
निशुल्क लेखिएको स्यानिटाइजर बिक्रि काण्डको जिल्ला स्थित सम्वन्धीत निकायहरुले संयुक्त रुपमा छानबीन तथा कार्बाही प्रक्रिया अगाढी बढाएका छन ।

उक्त काण्डको छानबीनका लागि बांके स्थित जिल्ला प्रशासन कार्यालय बांकेका प्रतिनिधि बेद गौतम, औषधी ब्यवस्था बिभागका प्रतिनिधि लोकेश गिरि, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्ण प्रशाद पौडयाल, जिल्ला प्रहरी कार्यालय बांकेको कानुन शाखाका प्रमुख निरिक्षक ह्दय सापकोटा तथा सहयोगीहरु र उपभोक्ता हित संरक्षणम मञ्च बांकेका अध्यक्ष तथा अधिवक्ता वसन्त गौतम समेतको टोलीले बुधबार कमला मेडिसिनलाई स्यानीटाइजर बिक्रि गर्ने लोक बहादुर शाहीको गोदाममा छापा मारेको छ ।

उक्त टोलीले हाल स्यानीटाइजर बिषयमा मात्र खोज तलास गर्ने क्रममा ५ सय एम एलको प्रति शिशि रु ४ सय ५० मा किनेको स्यानीटाइजर ब्यक्ती संस्था हेरि फरक फरक मुल्यमा बिक्रि गरेको पाइएको छ ।

लोक बहादुर शाहीको श्रीमतीको नाममा रहेको हिल्स मेडि सप्लार्यले समेत बिल काटि बिक्री गरेको स्यानीटाइजर खरिद मुल्य भन्दा ६० प्रतिशत सम्म बढि मुल्य लिएर बिक्रि गरेको पाइएपछी उक्त छानबीन तथा कार्बाही टोलीले घटनास्थलमै बैठक बसी उक्त लोक बहादुर शाही र निजको फर्मलाई पहिलो पटक भनी रु. २ लाख न्यूनतम जरिवाना गरि कार्बाही  गरेको छ ।

प्ररारम्भीक छानबीनको क्रममा नै स्यानीटाइजर बिक्रिमा कालाबजारी गरेको पाइएकोले ततकाल उक्त समितिले अपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा २ को (न )अन्तरगतको कालाबजारी कसुर गरेको पाइएकोले सोही ऐनको दफा ३९ को खण्ड (ख) अन्तरगत न्यूतम जरिवाना गरिएको छ । उक्त दफामा कालाबजारीकरण गरे पहिलो पटक र बिगो हेरि न्यूनतम २ लाख देखि ५ लाख सम्म जरिवाना गर्ने कानुनी ब्यवस्था रहेको छ ।

उक्त समितिले छानबीनको क्रममा कमल शाहीको फर्महरुबाट किनेको स्यानिटाइजर दीपक अग्रवालको कमला मेडिसिनले लिमिटेड कम्पनिहरुलाई बिक्रि गरेको पाइएको छ । नट फर सेल्स लेखिएको स्यानिटाइजर दुरसञ्चार कम्पनी र आयल निगम लगायतलाइ बिक्रि गरेको पाइएको छ ।

औषधी उत्पादक कम्पनीहरुले सरकारी कार्यालयहरुले औषधी खरिदका लागि टेण्डर आव्हान गरि स्वीकृत भएको अवस्थामा स्थानिय औषधी सप्लायर्सहरुबाट यस्तो नटफर सेल्स भनी डाइरेक्ट सरकारका निकायलाई औषधी सप्लाई गर्ने ब्यवस्था रहेको तर टेण्डर स्वीकृत नभएको अवस्थामा औषधीको मुल्य दर रेट, गुणस्तरिय मापन पनि नखुल्ने हुनाले यस्तो कार्य गैर कानुनी तथा उपभोक्ता हित बिपरित हुने भएकाले उक्त स्यानीटाइजर काण्डमा उत्पादक देखि बिक्रेता सम्म मिलेमतो भएको हुनसक्ने भएकाले कमला मेडिसिनमा छापा मारि सिल गरिएको स्यानिटाइजर हाल सम्म पनि अनुसन्धानकै दायरामा रहेको उपभोक्ता हित संरक्षण मञ्चका बांकेका अध्यक्ष तथा अधिवक्ता बसन्त गौतमले जानकारी दिनुभएको छ ।  गत मंगलबार निशुल्क स्यानिटाइजर ब्यपारिले बिक्रि गरिरहेको घटना सार्वजनिक भएपछी जिल्ला प्रहरी कार्यालय बांकेका प्रमुख वीर बहादुर वलीको सक्रियतामा छानबीन सुरु गरिएको थियो ।