बिपतको घडिमा रमजानको महत्व

लेखक: मेराज अहमद / हिमालय साइकिलवाला

बिश्वभर तथा मेरो देश नेपाल भित्र पवित्र ,महिना रमजान बैशाख शनिवार बाट शुभारम्भ हुन्दैछ ।
रमजान पर्व एक महिना बर्त राख्दै इबादत उपासना तराबिह नमाज पढदैं तथा दान गर्दै मनाइने महानपर्व हो ।
इस्लाम धर्ममा स्वस्थ र बालिग महिला पुरूष हरूमाथि बर्त राख्न फर्ज अनिवार्य रहेको छ ।
एक महिने रमजान पर्व मुस्लिम समुदाय सबै इबादत उपासना प्रार्थना कोरोना बिरूद्धको लडाईमा लाकडाउन पालन गर्दै घर मै मनाउने निर्णय गरिसकेका छन ।

प्रत्येक दीनको बर्त रोजा खोल्ने बेला कोरोना समाप्ती तथा यस भाईयरसबाट ग्रसित भएका ब्यक्तीहरूको स्वास्यथ्लाभका लागि दुवा प्रार्थना आ–आफनै घर बाट समेत गरिने घोषणा समेत भैसकेको छ ।

मुस्लिम समुदाय प्रत्येक वर्ष रमजान महिनामा,आफनो पास रहेको संम्पतिको धार्मिक टैक्स जकात जसमाथि गरीब अनाथ÷बेवा अपांग दुखी परेशान हरूको हक रहेको हुन्छ र त्यसका लागि जकात दिने गर्छन ।

हालको यस बिपत घडी मा चारैतिर दुःख र परेशानी डरत्रास फैलिएको छ । दैनिकी मजदुरी गर्ने र बेवा अनाथ अशक्त हरूको स्तिथि भ्यावाह बनेको छ । यस बिपत घडीमा सहयोग का लागि मुस्लिम समाजले आ–आफनो टोल वडा नगर जिल्ला का जसमाथि जकात फर्ज अनिवार्य रहेको छ । वहाहरूको प्रत्येत टोल–टोल वडा हरूमा समुह बनाई जकात फंड एक ठाउमा एकमुष्ट गरि आ–आफनो टोल र छिमेक का गरीब परेशान हरूलाई सहयोग गर्ने सहज अवसरको प्राप्ति भएको छ ।

हामी यस्तो गर्न सके रमजान महिनाको वास्तविक पुण्यलाभको प्राप्ति गर्न सक्नेछौ
तपाईको घर छिमेक टोल का कुनै पनि ब्यक्ती गरीबीको कारण भोखै सुत्न बाध्य भयो भने इस्लाम धर्म अनुसार त्यसको पाप मुस्लिम समाज लाई लाग्नेछ भनि हदीश हरूमा समेत उल्लेख भएको कुरा हो ।

हामी मुसलमान हौ भने हदीश कुरान हरूमाथि हाम्रो पुर्ण अत्माबिश्वास रहेको छ ।
बिश्वास रहेकोछ भने हमले कुरान हदीशको पालन समेत गर्नुपर्ने कर्तब्य पनि हाम्रै हो ।
कुरान हदीश मा गरीब अनाथ दुखी परेशान हरूको बारे मा भनिएको कुरा हामीले पालन गर्नुपर्दछ अनि मात्र हामी सच्चा मुसलमान हुनेछौ ।

अन्य समयमा गरिएको सहयोग मदत र पुण्य कार्यको सिंगल पुण्य प्राप्ति हुनेगर्छ भने यस पवित्र महिना रमजान महिना भित्र गरिएको सबै इबादत र पुण्य कार्य हरूको बदलामा इश्वरले सत्तरी गुणा भन्दा बडी पुण्य प्राप्ति हुन्छ भनि बिभिन्न इस्लामिक किताब हरूमा उल्लेख रहेको छ ।

यस कारण हामी रमजान मुबारक को बर्त राख्दै इबादत उपासना गरौ तथा जकात फितरा मदत दिल खोलेर गरौ । गरीब अनाथ बेवा असक्त हरूमा घर घर गएर खोजि खोजि सहयोग गरौ ।