नेपालगञ्जमा कोराना परिक्षण जारि: आईतबार सांझ सम्म कोराना पोजेटिभको संख्या १६ पुग्यो ..

 


२१ बैशाख,नेपालगञ्ज/ नेपालगञ्जमा आईतबार सांझ सम्म कोरोना सक्रमित हुनेहरुको गणितिय आंकडा १६ पुगेको छ ।

हिजो शनिबार १ जना ६० बर्षिय  पुरुषमा कोरोना पोजेटिभको ट्रयासिंग गरेर थप चेक जांच गर्ने क्रममा आईतबार अपरान्ह स्वाथ्य तथा जनसंख्या मन्त्रालयले थप ९ जना कोरोना पोजेटिभ भएको सार्वजनिक गरेकोमा सांझ थप ६ जना पोजेटिभ रिपोर्ट सार्वजनिक गरेको छ ।

नेपालगञ्ज उपमहागरपालिका वडानम्बर ८ मा रहेको अन्सारी मस्जिदमा धार्मित तथा मदरसा शिक्षा सहयोगी भुमिका निभाउदै आउनु भएका  मोअज्जीनको सम्पर्कमा आउनु भएका ब्यक्तीहरुको ट्रयासिंग गरि परिक्षण गर्नेक्रम नेपालगञ्ज स्थित भेरी अस्पतालमा रहेको कोराना परिक्षण ल्याबमा आईतबार सांझ सम्म पनि  परिक्षण गर्ने क्रम जारि रहेको छ ।