कपिलबस्तुमा थप १० जना : नेपालमा कोरोना सक्रमित १२० पुग्यो

२९ बैशाख, नेपालगञ्ज/  कपिलबस्तुमा थप १० जना ब्यक्तीमा कोरोना पोजेटिभ भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाण्डौंमा आरटि-पिसिआर बिधिबाट गरिएको परीक्षणमा कपिलबस्तुमा थप १० जनामा कोरोना संक्रमण पुष्टिको हो ।

यो बिवरण सगैं नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या १२० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्धारा सोमबार बिहान ८:३० बजेकोप्रेस बिज्ञप्ती मार्फत उक्त जानकारी दिनुभएको हो ।

अधिकारीद्धारा जारि प्रेस बिज्ञप्तीमा प्रदेश नम्बर ५ मा पर्ने कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ५, र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ र १० का  १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र १ जना उमेर नखुलेका पुरुष रहेको उल्लेख गरिएको छ । यो पछील्लो बिवरण सँगै कपिलवस्तुमा संक्रमितको संख्या १५ पुगेर प्रदेश नम्बर ५ को सबै भन्दा बढी कोरोना सक्रमित बांकेलाई दोस्रो स्थानका लागि पछयाईरहेको छ ।

कपिलबस्तुका कोरोना संक्रमितहरु भारतबाट आएर क्यारेन्टाइनमा बसेका ब्यक्तीहरु रहेको प्रदेश नम्बर ५ का मुख्य मन्त्री शंकर पोख्रेलले फेसबुक मेन्टेन गर्दे जानकारी गराउनुभएको छ । पोख्रेलले आफनो फेसबुक पेजमा लामो यात्रामा संक्रमणको बढि जोखिम रहेकोले त्यस्ता यात्रारत ब्यक्तीहरु बढि सचेत हुन आग्रह पनि गर्नु भएको छ ।