हाम्रो संरचना शनिबार, जेष्ठ २४, २०७७ 244 Views

५ जेठ, नेपालगञ्ज/ नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा रहेको कोरोना परिक्षण ल्याबमा गरिएको परिक्षणमा एकै दिन ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा १ जना महिला र ४६ जना पुरुष गरि ४७ जनाको रिपोर्ट कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ति पोजेटिभ पाईएकाहरु धेरै जसो राप्ती पारि नरैनापुर गाउंपालीका क्षेत्रका बिभिन्न क्वारेन्टाइनमा बसेका ब्यक्तीहरु रहेको प्ररारम्भीक सूचना प्राप्त भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोबेल कोरोना भाइरस सम्वन्धी मिडिया ब्रिफिड.को क्रममा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले सोमबार अपरान्ह ४:१५ बजे गरेको पत्रकार सम्मेलनमा बांकेमा एकै दिन ४७ जना कोरोना पोजेटिभ पाइएको जानकारी सार्वजनिक दिनुभएको  हो ।

एकै दिन ४७ जना थपिएपछी बांकेमा कोरोना पोजेटिभ हुनेको सख्या ८१ जना पुगेको छ । पछील्लो तथ्यांकले बांके जिल्लाको राप्ती पारिका केही ठाउंमा समूदाय स्तरमा नै कोरोना भाइरस फैलिएको आशंका देखाएको छ ।

त्यसै गरि सोमबार मोरंग १ जना, गुल्मीका १ जना, धनुषाका १ जना, दांगका १ जना र रौतहटका धादिंगका १ जना कोरोना पोजेटिभ पाइएको छ । यसरी हाल सम्म नेपालमा कोरोना पोजेटिभको सख्या ३५७ जना पुगेको छ ।

२९८ जना पुरुष र ५९ जना महिला रहनुभएको छ । जसमा ३६ जना निको भएर घर फर्किसक्नुभएको छ । यसरी हाल सम्म नेपालका ७७ जिल्ला मध्य ३१ जिल्लाका ब्यक्तीमा कोरोना पोजेटि भएको पाईएको छ ।