बाँके अगैयाको जंगलमा फोर्स गाढी दुर्घटना: ११ जनाको मुत्यु,२२ घाइते

तस्विर: सल्यानी समाज

१९ जेष्ठ, नेपालगञ्ज/ भारतबाट फर्केका मानिसहरुलाई लिएर  नेपालगञ्ज बाट दांग तर्फ गईरहेको ना ५ ख ५९९५ नम्बरको यात्रु बहाक फोर्स नामक मिनि बस आइतबार राती अगैया नजिकैको ठुरिया जंगलमा बा ४ ख ९०६४ नम्बरको ट्रकमा  ठोक्किएर दुर्घटना हुदा ११ जनाको मुत्यु भएको छ भने २२  गम्भीर घाइते भएका छन्

आइतबार राती करीब ११ वजे बाँकेको शमशेरगंज र अगैयाको बिच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिदा फोर्स गाडिमा चालक समेत गरि सवार ३३ जना मध्य ११ जनाको  निधन भएको छ ।

बाकि सबै घाईते हरूलाई उक्त दुर्घटना पछी नेपालगञ्जबाट गएका सत्यानी  समाजका अध्यक्ष दशरथ चन्द लगायतको टिम,जनपद तथा शसस्त्र, ट्राफिक प्रहरीले राती  घटनामा परेका घाइते तथा मृर्तक हरुलाई राती अबेर करिब २ बजे नेपालञ्ज भेरी अस्पतालमा ल्याईपुर्‍याइएको घटना स्थल पुगेको प्रहरीलाई उदृत गर्दै सल्यानी सेवा समाज बाँकेले जानकारी दिएको छ।

भेरी अस्पतालले  पनि आफ्नो अधिकारीर फेसबुक पेजमा मार्फत ” दाङ तर्फ गैरहेको गाडी बाँकेको अगैयामा दुर्घटना । ३३ सवारी (चालक समेत गरि) मध्ये ११ को मृत्यु (१० पुरुष+ १ महिला)। बाँकी (२१ पुरुष + १ महिला) को भेरी अस्पतालमा उपचार हुँदै.. ४ जना गम्भीर भएको आफनो फेसबुक पेजमा उल्लेख गरि सर्वसाधरणलाई जानकारी गराएको छ ।

उपचारको क्रममा थप १ जनाको मुत्यू भएको भेरी अस्पताल स्रोतले जनाएको छ । यसरी मृत्यू हुनेको संख्या १२ जना पुगेको छ । मृतक तथा घाइते हरुको सनाखत गर्ने काम प्रहरीले गरीरहेको बताइएको छ ।

सम्बन्धित शीर्षक