नेपालगञ्ज नर्सिंग क्याम्पस प्रमुखमा तुलसा नियुक्त

तस्विर: क्याम्पस प्रमुख तुलसा सुनार

२० जेष्ठ, नेपालगञ्ज/  पश्चिम नेपालको ख्याती प्राप्त नेपालगञ्ज नर्सिंग क्याम्पस प्रमुखमा तुलसा सुनार नियुक्त हुनुभएको छ ।
त्रिभुवन बिश्व-बिद्यालयको जेष्ठ १९ गते बसेको कार्यकारी परिषदको बैठकले गरेको निर्णय बमोजिम तुलसालाई क्याम्पस प्रमुखमा नियुक्ती गरिएको हो ।

केही बर्ष देखी नेपालगञ्ज नर्सिंग क्याम्पसको उप-प्रध्यापक पदमा कार्यरत रहनु भएकी तुलसालाई त्रिभुवन बिश्बिद्यालयको संगठन तथा शैक्षिक सम्वन्धी नियम २०५० परिच्छेद ५२ को नियम १८५ (२) मा भएको ब्यवस्था बमोजिम नियुक्ती गरिएको त्रिभुवन बिश्वविद्यालय उप-कुलपतिको कार्यालयले जनाएको छ ।

त्रिभुवन बिश्व-विद्यालयका उपकुलपति तथा कार्यकारी परिषदका अध्यक्ष समेत रहनुभएका प्राध्यापक डा. धर्मकान्त बास्कोटाले हस्ताक्षर गर्नुभएको पत्रमा तुलसालाई यहि जेष्ठ २० गतेबाट लागु हुने गरि अनिश्चितकाल सम्मको लागि क्याम्पस प्रमुख पदमा नियुक्ती गर्नुभएको छ ।

प्यूठानको बांगे सालमा हाई स्कुल सम्म अध्ययन गर्नुभएकी तुलसाले नेपालगञ्ज नसिंंग क्याम्पसबाट नै स्टाफ नर्सको सुरु अध्ययन गरेर नर्सिंगमै पोखरा र काठमाण्डौंमा बसेर उच्च शिक्षा हासिल गर्नुभएको थियो ।

त्रिभुवन बिश्व-विद्यालय अन्र्तगतको पश्चिम नेपालमा ख्याती प्राप्त नर्सिंग क्याम्पसले हाल सम्म हजारौं स्टाफ नर्सहरु उत्पादन गरिसकेको छ ।

नेपालगञ्जको भेरी अस्पतालको कम्पाउण्ड संगै रहेको उक्त क्याम्पसमा अध्ययनका लागि सयौं बिद्यार्थीहरुले प्रतिस्पर्धा गरेर नाम निकाले पछी मात्र अध्ययन गर्न पाउछन भने नेपालगञ्ज नर्सिंग क्याम्पसमा  अहिल्य पनि पढन पाउनु एउटा गर्भ दृष्टिले हेर्ने गरिन्छ  ।

क्याम्प प्रमुख तुलसाले त्रिभुवन बिश्व-बिद्यालयको कार्यकारी परिषदको बैठकको निर्णय बमोजिम मंगलबार देखि नै लागु हुने गरि पदभार ग्रहण गर्नुभएको छ ।