बाँकेमा खुकुलो भएको लकडाउन पुनः कडा बनाइयो

२३ जेष्ठ, नेपालगञ्ज / बांके स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको उपस्थितीमा बांकेमा लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको बिषयलाई लिएर गृह मन्त्रालयले बांकेलाई स्पष्टीकरण सोधेपछि आज शुक्रबार बाँके जिल्ला विपत व्यवस्थापन समितीको आकस्मिक बैठक बसी लकडाउन पुन ः निरन्तरता दिने निर्णय गरेको छ ।

लकडाउन खुकुलो पार्ने निर्णय सार्वजनिक भएपछि गृह मन्त्रालयले बांकेको विपत व्यवस्थापन समितीलाई लिखित स्पष्टीकरण सोधेको थियो । मन्त्रालयको दबाब पछि बाँके जिल्ला प्रशासन एव विपत व्यवस्थापन समितीले लकडाउनलाई पुनः कार्यान्वयन गरि अतिआवश्यक वस्तु वाहेक अन्य सेवा सुविधाहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको
छ ।

नेपालगञ्जका व्यवसायीहरु, नेताहरु तथा सर्वसाधरणको दवाब परेपछी जिल्ला स्तरीय बिपत ब्यवस्थापन समितिको बैठकले लकडाउनको विकल्प खोज्ने क्रममा गत जेष्ठ २१ गते विभिन्न विकल्प सहित फरक फरक दिन फरक फरक व्यवसाय खोल्न पाउने गरिे निर्णय गरेका थिए । लकडाउनलाई केही खुकुलो पारेर सर्वसाधरणलाई राहत दिनको निम्ति गरिएको निर्णयलाई सबैले सकारात्मक कदमको रुपमा स्विकार्दै स्वागत गरेका थिए ।

पश्चिम नेपालको प्रमुख ऐतिहासिक तथा औधोगिक नगरि नेपालगञ्जमा लकडाउनका कारणले मानव जिवनमा आफ्ना आयआर्जन तथा नियमित आम्दानीका स्रोतहरु हराउदै गएपछी नेपालगञ्ज उद्योग बाणिज्य संघले लकडाउनको बिकल्प खोज्न स्थानिय प्रशासनलाई चरणबद्धरुपमा दवाब दिदै आएको थियो ।

नेपालमा कोरोना रोकथान तथा नियन्त्रणका लागि लकडाउन घोषणा गरिएको झण्डैं साढे २ महिना वितिसक्दा एकातिर मध्यम तथा निम्न आय भएका व्यक्तिहरुको जनजिवन अत्यन्तै दयनिय बन्दै गईरहेको छ भने अर्कोतिर भारतबाट आएर क्वारेन्टाइनमा बसेका नेपालीहरुमा कोरोना पोजेटिभहरुको संख्या बढ्दै गएको छ ।

देशका अन्य जिल्लाहरुमा कडा लकडाउन कार्यान्वयनमा रहेता पनि बाँकेमा लकडाउन भद्रगोल व्यवस्थापन भएको चर्चा उठ्पछि बांकेमा नयां प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग आएका थिए । कुरुम्वांग बाँके जिल्लामा सरुवा भएर आएपछी लकडाउन लगायत बिपत ब्यवस्थापनमा गुणस्तर बढ्ने केही  आसा  स्थानिय बासिन्दाले गरेका छन् ।

सम्बन्धित शीर्षक