आजबाट खजुराको बद्रीपुरमा शैक्षिक खेलकुद महोत्सव


# पुजा बुढा#
२८ फागुन, खजुरा,बांके/  बांकेको नगरउन्मुख खजुरा गाउंपालिकाले आज फागुन २८ गते देखी चैत्र १ गते सम्म शैक्षिक महोत्सवको रुपमा मेयर रनिड. शिल्ड प्रतियोगिताको आयोजना गरेको छ ।

खजुरा गाउंपालिकाको पिछडिएको स्थान रहेको खजुरा गाउंपालिका वाड नम्बर ४ को बद्रीपुर स्थित जनकल्यान माध्यमिक बिद्यालयको प्रांगनमा आयोजना गरिएको उक्त शैक्षिक महोत्सवमा खजुरा गाउंपालिकामा रहेका सबै बिद्यालयहरु सामूदायिक, निजि र मदरसा गरि कुल ६५ वटा बिद्यालयले उक्त प्रतियोगितामा भाग लिने भएका छन ।

स्वच्छ र प्रतिस्पर्धात्मक खेलकुदका माध्यमबाट बालबालिकाहरुको सर्वागिंन बिकासमा सकारात्मक प्रभाव पार्ने भएकाले खजुरा गाउंपालिकाले स्थानिय सरकार सञ्चालन उेन २०७४ बमोजिम मेयर रनिंड. शिल्ड खेलकुद निर्देशिका २०७५ समेत पारित गरि कार्यान्वयनमा ल्याईसकेको छ ।
उक्त निर्देशिका बमोजिम खजुरा गाउंपालिकाले तेस्रो पटक उक्त रनिडं शिल्ड प्रतियोगितालाई एउटा महोत्सवको रुपमा अगाढी बढाउने गरि तयारी गरिएको प्रतियोगिताका तेस्रो संस्करण आयोजना सचिवालय संयोजक यम नारायण महतोले जानकारी दिनुभएको छ ।

उक्त खेलकुद महोत्सवमा खजुरा गाउंपालिका सबै स्तरका, सबै बिद्यालयका छात्रछात्रा अनिबार्य सहभागी हुने गरि ब्यवस्थापन गरिनुका साथै प्रतियोगिता आयोजनाका लागि करीब १० लाख खर्चका लागि अनुमानित बजेट रहेकोले त्यसका लागि गाउंपालिकाले ७ लाख छुटयाएको गाउंपालिकाका प्रमुख तथा शिक्षा समितिका संयोजक एवम प्रतियोगिता आयोजक मुल समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताउनुभएको छ ।

प्रतियोगितामा माध्यमिक बिद्यालय तह ९ देखी १२ कक्षा सम्मका छात्रछात्राहरु सहभागी हुने गरि बिभिन्न १६ वटा खेलमा प्रतिस्पर्धा हुने भएको छ । निम्न माध्यमिक तह कक्षा ६ देखी ८ सम्मका छात्रछात्रा तफृ १० वटा खेलहरुमा प्रतिस्पर्धा गराइने भएको छ ।

प्रतियोगितामा माध्यमिक तह र निम्न माध्यमिक तह गरि २ वटा रनिंड. शिल्ड रहेका छन । प्रतियोगितामा माबि तर्फ प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश २५ हजार, १५ हजार र १० हजार र निम्न माध्यमिक तहमा तर्फ प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश १५ हजार, १० हजार र ७ हजार नगदका साथै प्रमाणपत्र ट्रफिको ब्यवस्था गरिएको छ ।

आधारभुत तर्फ कक्षा १ देखी ५ कक्षा सम्म बिभिन्न ३१ वटा सहायक खेलहरुमा प्रतियोगितामा समाबेश गरिएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद, प्रमाणपत्र र ट्रफिको ब्यवस्था गरिएको छ ।

बांके राष्ट्रिय निकुञ्जमा मात्र पाइएको चार सिंगे हरिणको लोगो अंकित उक्त प्रतियोगिताको प्रतिक चिन्ह राखिएको छ भने खेल अवधीका लागि ५० जना खेलाडीका लागि रु ५ लाख सम्मको स्वास्थ्य बिमा समेत गरिएको र आज देखी रनिंग शिल्ड प्रतियोगितालाई शैक्षिक उत्सवकोरुपमा मनाउन लागेको उक्त प्रतियोगिता आयोजना मुल समारोह समितिका अध्यक्ष समेत रहनुभएका खजुरा गापालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुरामा आयोजित पत्रकार सम्ेलनमा जानकारी गराउनु भएको छ ।

आज फागुन २८ गते खजुराको एफ गाउंमा रहेको जनकल्याण माध्यमिक बिद्यालयमा एक भब्य समारोहको आयोजना गरि खेलकुद शैक्षिक महोत्सवको सुरुवात गरिने आयोजकहरुले जानकारी दिनुभएको छ ।  पुजा पत्रकार तथा सेक्रेटरी कोर्सका प्रशिक्षार्थी हुनुहुन्छ ।