मार्च ८ किन मनाउने ? मनएर के हुन्छ ? कहिलेदेखि मार्च ८ मनाउन सुरु गरिएको हो ? भन्ने जस्ता प्रश्न जोकाहिका मनमा पनि उठ्न सक्छन् । वास्तबमा मार्च ८ भनेको के हो त हामी सबैल बुझ्न जरुरी छ ।
प्रत्येक बर्ष जस्ता यस बर्ष पनि मार्च ८ फागुन २५ गते परेका छ । यो मार्च ८ प्राया प्रत्यक बर्ष फागुन महिनाको २४ या २५ गते पर्ने गर्दछ । प्रत्येक बर्ष नेपालभरी मनाउने गरिन्छ । यस बर्ष पनि फागुन २५ गते मार्च ८ परेको छ । यस बर्ष २०७३ को १०७ औं श्रमिक महिला दिवस
(मार्च ८) को राष्ट्रिय नारा ‘महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार’ भन्ने रहेको छ । त्यसैगरि यस बर्ष २०१७ को अन्तर्राष्ट्रिय महिला श्रमिक दिबसको नारा ‘बदलिदो परिबेशमा कामकाजी महिला, सन् २०३०सम्म बराबरी पाइला’ भन्ने रहेको छ ।
यी नाराले पनि महिलालाइ सीप र स्वरोजगार चाहिएको छ र महिला र पूरुष बराबरी हुन भन्ने सन्देश दिएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वमा भएका श्रमिक महिलाहरूको अधिकारको लागि गरिएका ठूलाठूला आन्दोलनहरूको सम्झना र सम्मानमा थालनी भएको हो ।
उन्नाइसौं शताब्दीको मध्यबाट विश्वका विभिन्न देशमा महिला अधिकारका लागि श्रमिक महिलाहरूको ठूलाठूला आन्दोलनहरू भएका थिए । सन् १८५७ मा अमेरिकाको गार्मेण्ट कारखानामा काम गर्ने श्रमिक महिलाहरूले निश्चित कार्यघण्टा, समान कामको समान ज्याला, मातृशिशुको अधिकार, महिला मजदुरलाई ट्रेड युनियनको अधिकार लगाएतका माग सहित गरेको प्रदर्शनले आन्दोलनको रूप लियो ।
श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको मञ्चबाट पहिलो पटक महिलाको समान अधिकारकोलागि आवाज उठाउने प्रथम जर्मन समाजवादी महिला नेतृ क्लारा जेट्किन थिइन् । त्यसपछि आन्दोलन अझै फैलदै र विकसित हँुदै गयो । १९०९ मा न्यूयोर्कको गार्मेण्ट कारखानाका मजदुरहरूलाई युनियनमा लागेको आशंकामा व्यवस्थापनले निस्कासन ग¥यो । त्यसपछि श्रमिकहरू हडतालमा उत्रिन बाध्य भए । यस घटनाले श्रमिक आन्दोलनमा गुणात्मक परिवर्तन ल्यायो र पहिलाभन्दा ठूलो संख्यामा महिलाहरू युनियनमा संगठित हुन पुगे । यो हडताल इतिहासमा “महान उथलपुथल” को नामबाट चर्चित छ ।त्यसपछि, सन् १९१० मा १७ देशका १०० जना समाजवादी महिलाहरूको बीचमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यस सम्मेलनमा क्लारा जेट्किनले महिला अधिकार र राजनीतिक समानताका लागि हरेक वर्ष विश्वभरका महिलाहरूले मार्च ८ लाई महिला अधिकार आन्दोलन दिवसका रूपमा मनाउन राखेको प्रस्ताव सर्वसम्मतिबाट पारित भयो सन् १९११ देखि यस दिनलाई विश्वका विभिन्न देशमा महिला अधिकारको आन्दोलनको प्रतीकका रूपमा मनाउन थालियो ।
नेपालको सन्दर्भमा ८ मार्च कहिले देखि मनाउन लागिएको भन्न जिज्ञासा आउन सक्छ । नेपालमा पहिलो पटक २०१७ सालमा धनकुटाका शिक्षिकाहरूले मनाउन थालेको इतिहास बोकेको यो दिवस २०३५÷३६ को विद्यार्थी आन्दोलन पछि मात्र श्रमजीवी महिलाको बीचमा मनाउन थालेको पाइन्छ । २०४७ सालमा बहुदलीय व्यवस्थाको स्थापना भए पश्चात महिलाको अधिकारको क्षेत्रमा कार्यरत संघ संस्थाहरू, महिलाको समान अधिकारमा विश्वास गर्ने टे«ड युनियनहरू र श्रमिक महिलाहरूले यो दिवसलाई मनाउँदै आइरहेका छन् ।
न्याय र समानताका लागि संसारभरका महिलाहरूले ८ मार्चलाई श्रमिक महिलाहरूको अधिकारको आन्दोलनको गौरवगाथा बोकेको दिनको रूपमा स्मरण गर्दै आइरेका छन् । १८औं शताब्दी बाट सुरुवात भएको श्रमिक महिलाको अधिकारको आन्दोलन २१औं शताब्दी सम्म आइपुग्दा पनि नेपालमा भने महिलाहरूले आफ्नो पूर्ण अधिकार उपभोग गर्न पाएका छैनन् । आन्दोलनको स्वरूपमा परिवर्तन आयो होला, राजनीतिक परिवर्तनसँगै सरकार परिवर्तन भए होलान्, राजनीतिक पार्टिका नारा पनि परिवर्तन भए होलान् तर महिलाका समस्या भने जस्ताका तस्तै छन् ।
समाजमा विद्यमान पितृसत्तात्मक संरचना, सोच र ब्यवहारले महिलाहरूको घर भित्रको कामलाई सेवा मूलक रूपमा मात्र लिइएको छ जसको फलस्वरूप महिलाकोे श्रमको मूल्याङ्कन नै छैन । महिला श्रमिकहरू अमm पनि बिभेदित नै छन् । ज्यालामा समानता छैन, हेर्ने दृष्टिकोणमा फरक छ । श्रमको सम्मान छैन । श्रमक्षेत्रलाई हेर्ने फरक दृष्टिकोणका कारण महिलाहरूको श्रम शोषण र यौन शोषण भइरहेको छ । श्रमिक महिलाको न त सामाजिक सुरक्षा छ न त कानुनी सुरक्षा नै । अमm अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरूको नत कामको सम्मान छ नत मूल्य नै ÷त्यसले गर्दा महिलामाथि विभिन्न प्रकारका शोषणहरू भइरहेका छन् । समग्रमा भन्दा महिलाहरूको कामको मान्यता र मूल्यमा रूपान्तरण भएको छैन । यसर्थ सङ्घर्ष र उपलब्धिको इतिहास बोकेको ८ मार्चको ऐतिहासिकतालाई अझैं दह्रोसँग आत्मसात गर्दै महिलाको अधिकार, महिलाको न्यायमा पहँुच र सारभूत समानताको लागि आवाज उठाउन प्रतिवद्ध महिलाहरूले ‘हामी हाम्रो परिकल्पना सार्थक बनाउने छौं । नीति, इतिहास, शान्ति, भिन्नता, माया र सम्बन्ध स्थापना गर्ने छौं । विश्वास गर्नुहोस्, हामी ती महिला हौं जसले यस विश्वलाई रूपान्तरण गर्ने छौं ।’’
–रविन मोग्र्यान (१९९४)भन्ने भनाइलाई सार्थक बनाउन आन्दोलनलाई अझैं संगठित र बलियो बनाउन आवश्यक छ ।
यस बर्षको नाराले पनि महिलालाइ सीप र स्वरोजगार चाहिएको छ र महिला र पूरुष बराबरी हुन भन्ने सन्देश दिएको छ ।अब प्रश्न उडन सक्छ महिलालाइ राजगार कसरी दिने ? महिला र पुरुष बरावरी कसरी बनाउने ? भन्ने पनि प्रश्न उठ्न सक्छ । महिलालाइ घर भित्रको काममा मात्र सिमित नगरी घर बाहिर पैसा आउने काममा पनि लगाउने वा महिलाले घरैम ाबसेर गरेका काम र उत्पादनको पनि बजारीकरण गर्ने हो भने महिला लाइ रोजगारी दिन सकिन्छ र महिला पनि पुरुष बरावर बन्न सक्छन । महिला र पुरुष एउटै आमाको कोखबाट जन्म हुन सक्छन् आमाको काख समान हुन्छ , जन्महुदै दुबैजना नाङ्गै जन्मीन्छन भने पछि गएर महिला र पुरुषमा विभेद किन ? याहा नेर प्रश्न खडकिने गर्दछ ।
त्यसकारण यस बर्षको नारा नारामा मात्र सीमित नहोस व्यवहारमा कार्यान्वयन होस र महिला पुरुषमा समानता आओस यहि कामना छ । महिला अधिकार प्राप्तीको निम्ति विगतदेखी मनाउदै आएको मार्च ८ आज सम्म पनि महिलाले पूर्णरुपले अधिकार नपाएका कारण मनाइरहेका छन् । यो दिवस मनाएर मात्र महिलाले अधिकार पाउने भने होइन जबसम्म महिला र पुरुष समान भएको व्यवाहार देखिदैन तबसम्म यस्ता दिबश र बहस, छलफल, गोष्ठी, अन्तक्रिया आवश्यक परिरहन्छन् ।
त्यसकारण महिला अधिकार प्राप्तीको निम्ति मार्च ८ मनाइएको हो भन्ने कुरा हामी महिला पुरुष सबैले बुझ्न जरुरी छ । साथै महिला र पुरुष बराबरी भएको देखिने गरी राज्यद्धारा नै व्यवहारमा उतारेको देखिए मात्र मार्च ८ मनाउनुको सार्थकता हुन्थो कि ?
हाम्रो संरचना । ७ चैत्र २०७३, सोमबार २१:५३