रुकुमको उत्तरपूर्वी भेग पुथा उत्तरगंगा गाउँपालिकाको तक गाउँ ।
१३ माघ ०४० मा राजा वीरेन्द्र यस गाउँको भ्रमणमा आए । साथमा रानी ऐश्वर्यलगायत अन्य विशिष्ट व्यक्तिसमेत थिए । रानी ऐश्वर्यले यस गाउँलाई निकै मन पराएकी थिइन् । त्यही भएर ०४० पछि पनि राजारानी दुईपटक यहाँ आएका थिए । उनीहरुको भ्रमणको त्यसबेलाको तस्बिर हनुमानढोका संग्रहालयमा सुरक्षित छ ।
चार सय घरधुरी रहेको यस गाउँका घरहरु ढुंगा, माटो र काठले बनेका छन् । दुई तिहाइ मगर बस्ती रहेको यस गाउँमा दलित र गुरूङ समुदायको समेत बसोवास छ । सशस्त्र द्वन्द्वकालमा निकै चर्चित भएको यो गाउँ माओवादीको पनि प्रिय थातथलो हो । राजा–रानीदेखि माओवादीसम्मको प्रिय यो गाउँ पर्यटकीय दृष्टिले पनि आकर्षक गन्तव्य मानिन्छ ।
हाम्रो संरचना । १३ चैत्र २०७३, आईतवार ०९:३३