रुकुम, तकसेरावासीको पुख्र्याैली पेसा भेडापालन हो । उनीहरु ६ महिना उच्च हिमाली भेगमा र ६ महिना समथर तराई भूभागमा जीवन बिताउँछन् । जाडोयाम सुरू हुने बेलामा भेडाका रौँ काट्ने मेला नै लाग्छ ।
हँसियाले भेडाका रौँ काट्दै गरेका स्थानीय देख्दा लाग्छ, रौँ काट्ने आधुनिक प्रविधि/साधन नहुँदा समय र श्रम कति लाग्दो हो !
झन्डै एक दशक पुरानो रुकुम नरसिंह खोलाको यो साँघु अहिले भाँच्चिएको छ । रुकुमको तकसेरामा पर्ने नरसिंह खोलाको साँघुबाट घर फर्कंदै गरेका स्कुले विद्यार्थी । झन्डै एक दशक पुरानो यो साँघु अहिले भाँच्चिएको छ । तकगाउँमा रहेको महेन्द्र उच्च माविमा पढ्न जाने यो एक मात्र बाटो हो । तकसेरा र तकगाउँलाई जोड्ने यो जोखिमयुक्त थलोमा पक्की पुल बनाउन राज्यका निकाय, स्थानीयवासी र विद्यालय कसैको पनि ध्यान पुग्न सकेको छैन ।
हाम्रो संरचना । १३ चैत्र २०७३, आईतवार १०:०७