यातायात कार्यालय नेपालगञ्जका प्रमुख निलम्बित

१४ जना कर्मचारीसँग पनि स्पष्टीकरण सोध्ने

यातायात व्यवस्था कार्यालय नेपालगञ्जका प्रमुख पवन सुवेदी निलम्बनमा परेका छन् । लाइसेन्सको परीक्षामा झण्डै ५ करोडको चलखेल भएको देखिएपछि यातायात व्यवस्था मन्त्रालयले सुवेदीलाई निलम्बन गरेको हो ।

यातायात व्यवस्था कार्यालय, नेपालगञ्जले गत भदौमा लाइन्सेन्सको आवेदन खोलेको थियो, जसमा झण्डै २३ हजार सहभागी भए । कार्यालय प्रमुख सुवेदीको नेतृत्वमा ९० प्रतिशत आवेदकको कापी नै जाँच नगरी पास गराएको खुलेको छ । यसमा करिव ५ करोडको आर्थिक चलखेल भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको मन्त्रालय स्रोतले जनाएको छ ।

सुवेदीलाई निजामति सेवा ऐन अनुसार निलम्बन गरी २४ घन्टाभित्र यातायात व्यवस्था विभागमा हाजिर हुन भनिएको छ ।

मन्त्रालयले यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत १४ जना कर्मचारीसँग पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यातायात व्यवस्थापनको कार्य गर्न वि.सं.२०४१ सालमा यातायात व्यवस्था विभागको स्थापना भई सोही विभागको मातहतमा अञ्चल स्तरीय यस कार्यालयको स्थापना भएको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९,सवारी तथा यातायात व्यवस्था नियमावली २०५४,सवारी साधन कर ऐन २०३१ तथा सवारी साधन कर नियमावली २०३४ बमोजिम सवारी साधन दर्ता,नामसारी,नविकरण,बाटो ईजाजत पत्र,जाँचपास,सवारी साधन कर असुली तथा सवारी चालक अनुमति पत्र जारी गर्ने लगायतका कार्यहरु  कार्यालयबाट सम्पादन हुने गर्दछन् ।

सम्बन्धित शीर्षक