पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरिएको छ। नवगठित पार्टीका वरिष्ठ नेतामा केशरबहादुर विष्ट तथा वरिष्ठ उपाध्यक्षमा गणेश शेरचन रहेका छन्।
अन्य पदाधिकारीको मनोनयन पछि गरिने बताइएको छ। पार्टीका ७१ जना केन्द्रीय सदस्यसहितको नामावली निर्वाचन आयोगमा पठाइएको छ।
पत्रकार सम्मेलनमा अध्यक्ष लोहनीले राप्रपासँग प्रतिस्पर्धा गर्न नभएर मुलुकमा देखापरेको राजनीतिक अन्योलताको अन्त्य र मुलुकको समृद्धिका लागि स्थापना गरिएको बताए।
आफ्नो पार्टीले हिमाल, पहाड र तराइका जनताको भावनालाई सम्बोधन गर्ने दावी गर्दै उनले समावेशी राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र प्रगतिशील उदारवादको सिद्धान्तलाई पार्टीले अवलम्बन गर्ने बताए।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष लोहनीले पदबहालीसमेत गरेका छन्। यसअघि अध्यक्ष लोहनी राप्रपाको शीर्ष नेतृत्वमा
हाम्रो संरचना । १७ चैत्र २०७३, बिहीबार १०:१०