हाम्रो संरचना बिहिबार, अशोज ७, २०७८ 577 Views

नेपालगन्ज/ बाँकेको डुडुवा नगरपालिका वार्ड नं. १ होलियाको कोडुवामा  आगलागीमा परि तीन बालबालिकाको मृत्यु भएको छ । घटनामा स्थानीय मुन्सीलाल मौर्यको ८ वर्षे छोरी राधा मौर्य, १० वर्षे छोरी सोनी मौर्य र ६ बर्षे छोरा पवन मौर्यको मृत्यु भएको छ । 

हिजो राती भएको‘ आगलागीमा स्थानीय धनीराम यादब, गोर्वधन मौर्य र रामदुलारे मौर्यको घर र गोठ जलेको इलाका प्रहरी कार्यालयका इन्चार्ज अनल बहादुर खड्काले  बताए । आगलागीमा राती अरु मानिसहरु भाग्न सफल भएको र बालबालिकाहरु सुतिरहेकाले भाग्न सकेनन् ।’ मृतक बालबालिकाको शब पोस्टमार्टमका लागि भेरी अन्चल अस्पतालमा राखिएको छ ।

प्रहरी इन्चार्ज अनलले  राती आएको हावाहुरी लगत्तै घटना भएको प्रहरीले जनाएको छ । आगलागीलाई हिजो राती नै प्रहरी र समुदायको प्रयासमा आगलागी नियन्त्रणमा आएको जनाएको छ ।