नेपाल प्रहरीबाट १ लाख ९९ हजारको तस्करीको समान पक्राउ
भारतको रुपैडियाबाट नेपालगञ्ज तर्फ राजश्व क्षली ल्याउदै गरेको बिभिन्न समान नेपाल प्रहरीले आइतबार पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेको आधिकारीक फेसबुब डिपिओ बांकेका अनुसार सोमबार जिल्ला प्रहरी कार्यालय बांकेबाट सुरक्षा तथा चेक जांचका लागी खटिएको टोलीलाई राजश्व क्षली बिभिन्न समान ल्याउदै गरेका ब्यक्तीले नेपालगञ्ज वडा नम्बर १६ स्थित जयसपुरमानेपाल प्रहरीको चेक चाज गरीरहेको देखी तस्करी गरेर ल्याउदै गरेको समान छोडी भागेको प्रहरीले बताएको छ ।
पक्राउ गरिएको समानहरुमा धेरै जसो समान कपडा र केही बिधुतिय समान भएको बताइएको छ । पक्राउ परेको समन करीब १ लाख ३५ हजार बराबर मुल्यको समान रहेको नेपाल प्रहरीले प्ररारम्भीक मुल्य गरेको छ । पक्राउ परेको समान नेपाल प्रहरीले नेपालगञ्ज भन्सार कार्यालय बांकेलाई आवश्यक कानुनी प्रक्रियाका लागी बुझाउको छ ।
साना नियमित तस्करीका समान अबैध रुपमा नेपाल तर्फ भित्रयाउने कार्यलाई नेपाल प्रहरीले रोक्दै आएको देखिए पनि नेपालगञ्ज भन्सारकै कर्मचारीको मिलेमतोमा समानको मुल्य,गुणस्तर तथा पणिाम कम देखाएर प्रक्रियागत भ्रष्टाचार गरिएका घटना यस अघि सार्वजनिक भइसकेका छन । जुन भारत बाट कनिका भनी कनिकाको भन्सार गराएर चामल ल्याएको घटना होस वा २ सय बोरी आलु भनेर ४ बोरी आलु ल्याएको वा १३ सय केजी माछाको भन्सार गराएरु १७ सय के.जी. माछा ल्याएको । यी सबै बिषयमा भन्सारका कर्मचारीको प्रत्यक्ष संल्ग्नता पाइए पनि कानुनी कार्बाहीको दायरामा ल्याउ कसैले प्रयास गरेको छैन ।
सोमबार प्रहरीले नेपालगञ्जबाट राजश्व छली भारतको रुपैडिया तर्फ लैजादै गरेको ८ बोरा मेघाश्री नामक गुटका सुर्ति प्रक्राउ गरी नेपालगञ्ज भन्सार कार्यालयलाई आवश्यक कानुनी कार्वाहीका लागी पठाएको छ । उक्त मेघाश्री को मुल्य ६४ हजार रहेको प्रहरीले जनाएको छ ।
हाम्रो संरचना । १२ बैशाख २०७४, मंगलवार ०७:५२