मेरो आमाको एउटा मात्र आँखा छ । जसको कारण म उनलाई घृणा गर्छु । मेरो लागि उनी लज्जा र उपहासको पात्र वनेकीछिन् । परिवारको लालन पालन र मेरो पढाई खर्चमा सहयोग गर्न उनी अर्कै स्कूलमा बिद्यार्थी र शिक्षकहरुको लागि खाना पकाउने काम गर्थिन । किन हो कुन्नि एक दिन म पढ्ने स्कूलमा स्कूलकोे हालखबर सोध्न भनेर मेरो नाम सोध्दै स्कूलमा भेट्न आईछन् ।
मेरो आमाको एउटा मात्रै आँखा भएको कुरा मेरा साथीहरु कसैलाई पनि थाहा थिएन । त्यसैले मलाई एकदमै लाज लाग्यो । वेकारमा स्कूलमा भेट्न आमा किन आएको होला ?
मैले आमालाई पटक्कै वास्ता गरीनँ, त्यत्तिकै स्कूलमा आएकोमा आमालाई घृणाले हेरें र रिसले मुरमुरिँदै त्यँहाबाट हिंडें ।
अर्को दिन मलाई स्कूलमा मेरो कक्षाका धेरै साथीहरुले भने, “छि… छि….तिम्रो आमाको त एउटा मात्रै आँखा रहेछ !”
तत्काल मलाई यो धर्ती फाटेर बिलाई जाउँ जस्तो लाग्यो र मेरो आमा अबदेखि मेरो नजरमा पनि नपरुन भन्ने चाहें ।
त्यसैले मैलै उनलाई भनें “यदि तिमी मेरो लागि लज्जा र उपहासको पात्र मात्र बन्छ्यौ भने तिमी किन मर्दिनौ ?”
मेरो आमाले त्यति बेला केहि पनि प्रतिक्रिया जनाइनन् ।
मैले आमालाई के के भनें… भन्ने कुरा पटक्कै सोच्न सकिंन किनकी म त्यस बेला उनीसंग निकै रिसाएको थिएँ ।
मैले मेरो भनाईबाट उनलाई कस्तो असर प¥यो भन्ने वारे जानकारी लिन जरुरी पनि ठानिनं ।
म त्यस घरबाट बाहिरिन चाहन्थें र मेरो घर र मेरो आमासंग कुनै पनि किसिमको सम्बन्ध नहोस् भन्ने चाहन्थें ।
त्यसैले मैले धेरै मेहनत गरेर पढें र छात्रबृत्ति पाएर सिंगापुरमा गएर पढ्ने मौका पनि पाएँ ।
पढाई सकिए पछि जागिर खाएँ, विवाह गरें र सिंगापुरमानै मैले आफ्नै घर किनें । मेरो वाल–वच्चाहरु पनि भए ।
मेरो सफल जीवन, मेरा वाल–वच्चाहरु, श्रीमति र आधुनिक सुख–सुविधाहरुसंग म धेरै खुसी थिएँ ।
मेरो बाल्यकालको पुरानो घर, आमा र अन्य नाताहरु सम्झन सम्म मलाई समय थिएन । अनायास एक दिन मेरो आमा मलाई भेट्न भनेर सिंगापुरमानै आईछन् ।
उनले मलाई वर्षौंदेखि भेटेकी थिइनन् मेरो श्रीमति र नाती–नातीनीलाई पनि देखेकी थिइनन् । मैले बिबाह गरेको र बच्चा बच्चिहरु भएकोसम्म पनि उनलाई थाहा थिएन ।
जब उनी मेरो घरको ढोका निर आईपुगिछन् र मेरा बच्चाहरुले उनलाई देखेछन् र उनलाई हेरेर हाँस्न थाले त्यसपछि के देखेर हाँस्न थाले भनेर म पनि हेर्न गएँ, एक आँखा मात्रै भएको झुत्रो कपडामा आफ्नै आमा …। मलाई निकै रिस उठ्यो । केहि खबर पनि नगरी र मैले नबोलाईकन मेरो घरमा आएकोमा मैले उनलाई धेरै गाली गरें ।
मैले उनलाई हप्काएँ, “तिमीले मेरो घरमा बिना खबर आउने र मेरा बच्चाहरुलाई तर्साउने हिम्मत कसरी ग¥यौ ? एकछिन पनि यहाँ नबस, अहिल्यै गई हाल यहाँबाट ! …अहिल्यै हिंडिहाल… ।”
मेरा सबै कुरा सुनि सकेपछि आमाले विस्तारै जवाफ दिइन्, “मलाई माफ गर बाबु, शाहेद म गलत ठेगानामा आईपुगेछु ।” त्यति भनेर उनी त्यहाँबाट हिंडिन् ।
मेरो घरबाट आमा हिंडेपछि श्रीमति र बच्चा बच्चिहरुसंग ती बुढि मान्छे आफ्नो आमा भएको बारेमा पनि कसैलाई भन्न उचित ठानिँन र भनिनँ पनि ।
कुनै एक दिन, पुरानो घरमा बसेर मैले पढेको स्कुलबाट “विद्यार्थी पुन–भेटघाट” कार्यक्रममा जसरी भए पनि आउनु भन्ने निम्ता आएको पत्र पाएँ ।
कामको शिलशिलामा म सिंगापुर वाहिर जादैंछु भनेर मेरो श्रीमती र बच्चा बच्चिहरुलाई ढाँटे र धेरै बर्षपछि पुरानो स्कूल तथा साथीहरुसंग भेट गर्ने खुशिमा त्यतैतिर लागें ।
स्कूलको भेटघाट कार्यक्रम सकिएपछि मलाई पुरानो घर र एक्लि बुढि आमाको याद आयो र आफ्नो कौतुहलता मेटाउन पुरानो झोपडी तर्फ मनमा कुराहरु खेलाउँदै लागें ।
थोत्रो झोपडीमा कोहि पनि नदेखेपछि छिमेकीहरुलाई आफ्नो आमाको बारेमा सोधें । छिमेकिहरुले भने, उनको त मृत्यू भैसक्यो ।
यी सबै कुराहरु सुनीसकेपछि पनि मेरो आँखाबाट एक थोपा आँशु पनि झरेन र सोचें मात्रै …. एक पटक भेट्न पाएको भए हुन्थ्यो तर कन्थै मेटियो, पछुताउने कुरा के पो छ र
आमासंग ? ठिकै भयो….. ।
यी कुराहरु मनमा खेलाउँदा खेलाउँदै एउटा छिमेकि आएर मलाई एउटा चिठ्ठी दिए, जुन मेरी आमाले मलाई दिन चाहेकी रहिछिन्् ।
“मेरो प्यारो छोरा…., म तिम्रो बारेमा हरदम सोचि रहन्थें । तिम्रो खुशिमा खुशि प्रकट गर्न चाहन्थें, त्यसैले तिमिले बिर्सिए पनि सिंगापुर आएर आफ्नो छोरा, बुहारी र नाति नातिनीहरुलाई भेट्न चाहन्थें । त्यसैले म सिंगापुर गएको थिएँ ।
प्यारो छोरा…, मेरो नियत तिम्रा बाल बच्चाहरुलाई तर्साउने र तिम्रो लज्जाको बिषय बन्ने कदापि थिएन । तर मैले जब तिम्रो मुखबाट ती बचनहरु सुनें मलाई एकछिन पनि त्यहाँ बस्न मन लागेन र फर्किर यहि झोपडीमा आएर मृत्यूका दिनहरु गन्दै बस्दै छु । सिंगापुर आएर तिम्रो बच्चाहरु तर्साएकोमा माफी चाहान्छु छोरा ।
जब मैले तिमी आफ्नो पुरानो स्कूलको बिद्यार्थि पुन–भेटधाट कार्यक्रममा आउँदैछौ भन्ने कुरा थाहा पाएँ, म धेरै खुशी छु ।
म धेरैनै कम्जोर भईसकेको छु शायद त्यति बेलासम्म म तिमीले हेर्न आउने ओछ्यानबाट उठ्न पनि नसक्ने स्थितीमा हुन्छु होला । तिमी ठुलो हुन्जेलसम्म पनि म तिम्रो लागि केवल लज्जाको विषय मात्र भएकोमा मलाई माफ गरीदेउ ।
तिमीलाई थाहा छ ?… जव तिमी धेरै सानो थियौ, एउटा दुर्धटनामा परेको बेला तिम्रो एउटा आँखा गुमेको थियो ।
आमा भएको कारणले तिमीलाई एउटा मात्र आँखाको साथ ठुलो भएको मैले हेर्न सक्दिन थिएँ ।
त्यसै कारण मैले आफ्नो एउटा आँखा तिमीलाई दिएँ र मेरो एउटा मात्रै आँखा भयो ।
म मेरो छोरा प्रति आज गौरव गर्छु जो मेरो ठाउँमा त्यो आँखाले मेरो लागि सिंगो नयाँ संसार हेरेर सफल जीवन जीउँदैछ ।
तिमि र तिम्रो परिवारको सदा उज्वल भविष्य र सुख शान्तिको कामना गर्दै मेरो मायाका साथ तिम्रो लागि यो अन्तिम उपहार । बिदा……, उहि तिम्रो आमा ……..
जिवनमा मिल्न गएमा सयोग मात्र हो
कतिलाइ मन पर्छ–पदैन कृपया कमेन्ट ।
हाम्रो संरचना । १३ बैशाख २०७४, बुधबार ०६:१९