कोहलपुरमा हतियार सहित लुटेरा पक्राउ


कोहलपुर, बांके/ इलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार नक्कली पेस्तोल देखाएर लुट्ने तीन जनालाई  पक्राउ गरेको छ । कोहलपुर देखी पूर्व जंगल क्षेत्रमा पर्ने  रोहिणी खोलाबाट तीन जना लुटेरालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा सुनिल राउत, हिमाल केसी र इश्वर डागी रहेको प्रहरीले बताएको छ ।

इप्रका कोहलपुरका प्रमुख, डिएसपी सुरेश काफ्लेले उनीहरु राजमार्गमा यात्रुहरुलाई नक्कली पेस्तोल देखाएर लुट्ने कार्यमा संलग्न रहेको जानकारी दिएका छन् । उनीहरुमाथि थप अनुसन्धान भैहेको प्रहरीले जानकारी दिएको छ । लुटेराबाट प्रहरीले फलामको खिया लागेको असली पेस्तोल हतियार सहित लुटेरा पकाउ परेको स्रोतले बताएको छ  तर प्रहरीले भने नक्कली भएको बताएर टुटेरालाई जोगाउने षडयन्त्र गरेको स्रोतले दाबी गरेको छ ।

बिगतमा पनि डेटिंगमा गएका युवा–युवती देखी उक्लै यात्रा गर्ने ब्यक्ती माथी टुलपाट र मोटरसाइकल चोरी गर्ने गरेको यस अघि पनि सार्वजनिक  भइसकेको छ ।