अख्तियारद्वारा २७ करोड २४ लाख रुपैयाँ विगो माग दाबी,

धनुषामा  नापी सर्वेक्षक रामलोचन ठाकुर घुस रकम सहित अख्तियारको नियन्त्रणमा

परामर्शदाता नियुक्तिका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनाका मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध २७ करोड २४ लाख रुपैयाँ विगो माग दाबी गरी आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले नलसिङगाड जलविद्युत आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवर, सिनियर डिभिजनल इञ्जिनियर सूर्यप्रसाद रिजाल, गोकर्णराज पन्थ, लेखा अधिकृत आनन्द चापागाई, कानुन अधिकृत राजेशकुमार थापा, स्मेकका प्रतिनिधि उदीपलाल श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
१ नं. नापी टोलीको कार्यालय, धनुषामा कार्यरत नापी सर्वेक्षक रामलोचन ठाकुरलाई घुस रकम सहित नियन्त्रणमा लिईएको छ ।

नापी सर्वेक्षक रामलोचन ठाकुरले विगतमा तीनजनासंग एकै ठाउँमा खरिद गरेको गाउँ ब्लकको जग्गा एकीकृत गरी एउटै कित्ता नं. बनाई सेवाग्राहीको नाममा नापी गराउने प्रयोजनका लागि विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कार्यालय, वर्दिबासबाट खटिई गएको टोलीले निज नापी सर्वेक्षक रामलोचन ठाकुरलाई रु.२२,०००/-(बाईस हजार) घुस रकम लिंदै गर्दाको अवस्थामा जिल्ला धनुषा साविक धबौली गा.बि.स वडा नं. ८ हाल शहिदनगर न.पा. ७ मा रहेको मनोज मण्डलको घरबाट घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।