बाँकेमा २६ पार्टी निर्वाचनमा सहभागी

 आगामी बैशाख ३१ गते स्थानीय निर्वाचन घोषणा गरेपछि निर्वाचन कार्यालयले आवश्यक तयारी  बढाएको छ । निर्वाचनमा सहभागी हुनका लागि २६  पार्टी निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।

निर्वाचनका लागि चाहिने आवश्यक साधनश्रोत, कर्मचारी, उपकरणको ब्यवस्था चुस्त बनाउन निर्वाचन कार्यालय बाँकेमा कर्मचारीहरु ब्यस्त देखिएका हुन् ।

निर्वाचन कार्यालयले संकलन गरेको असोज मसमान्त सम्मको विवरण अनुसार जिल्लामा २ लाख ४० हजार ९ सय ८७ जना मतदाता रहेका निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले बताए । जसमा १ लाख १७ हजार ८ सय ३ जना महिला र १ लाख २३ हजार १ सय ८३ जना महिला र १ जना अन्य रहेको उनले बताए ।

फाल्गुन १० पछि मतदाता नामावलीको क्रसचेक, कागजातहरु परीक्षण, मृत्यु भएको मतदाताको लगत सम्पादन, ठाउँसारी लगायतको विवरणमा काम भइरहेको छ |  सूचना अधिकृत अधिकारीले  भने, ‘मतदान स्थल र मतदान केन्द्र निर्धारण तथा अवलोकनको काम अघि बढेको छ ।

अहिले पुराना मतदान केन्द्र र स्थललाई अवलोकन तथा सरोकारवाला संग छलफल अघि बढाइएको छ’, अधिकारीले भने, ‘सुरक्षा योजना लगायत विषयमा स्थानीय प्रशासनको जिम्मेवारी रहेको छ ।’