निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृत नियुक्त गरेको छ ।
आयोगले २५ गतेदेखि लागु हुने गरी न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीहरू समेत गरी ६६९ जनालाई निर्वाचन अधिकृत तोकेको हो । मुख्य निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशहरुले समेत एक एक स्थानीय तहमा निर्वाचन अधिकृतको रुपमा काम गर्नुपर्नेछ ।
आयोगले निर्वाचन अधिकृतलाई वैशाख १२ गतेसम्म आफूलाई खटाएको स्थानीय तहमा पुगेर कार्यालय स्थापना गर्न भनेको छ । आयोगले मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गरेर सात सय ४४ वटै स्थानीय तहमा खटिने निर्वाचन अधिकृतको नामावली प्रकाशन गरेको छ ।
हाम्रो संरचना । २२ चैत्र २०७३, मंगलवार १२:५७