शान्ति, सद्भाव तथा समृद्धि तर्फको यात्रा’ नारासहित नेपालगन्ज महोत्सव २५ -३१ गतेसम्म

ऐतिहासिक एवं विविधताको सहर नेपालगन्जमा चैत २५– ३१ गतेसम्म नेपालगन्ज महोत्सव २०७३ आयोजना गर्न लागिएको छ ।

साहित्य, कला–संस्कृति, सिनेमा र खेल–पर्यटन एकैपटक एकै थलोमा आयोजना गरी नयाँ बर्षको उत्सवमय स्वागत गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकोआयोजकहरुले जनाएका छन । यो महोत्सवलाई नेपालगन्जको मौलिक एवं आफ्नो उत्सव बनाउन सम्पूर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक अपिल गर्दछा आयोजकहरुले प्रेस बिज्ञप्ती मार्फत जनाएका छन ।


नेपालगन्ज महोत्सव अन्र्तगत २५ गते बिहान ७ बजे गणेशमान चोकबाट ‘विविधता नेपालगन्जको मौलिकता  शान्ति, सद्भाव तथा समृद्धि तर्फको यात्रा’ नारासहित उत्सवमय प्रभातफेरी गरनिेछ । विभिन्न जाति समुदायको मौलिक भेषभुषा र सांस्कृतिक झाँकीलाई पनि स्वागत गरिने प्रभातफेरीमा सहभागिताका लागि नगरबासीलाइ आग्रह गरएिको छ । सोही समयमा नेपालगन्ज साईकल रेस प्रतियोगिता आयोजना गरिने छ । साईकल रेस र प्रभातफेरीको समापन कार्यक्रम पुष्पलाल चोकमा गरिने बताइएको छ ।
आयोजकका अनुसार बिहान ११ बजे सिद्धार्थ कटेज रेष्टुरेन्टमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने वाङ्मय गोष्ठीसंगै नेपालगन्ज महोत्सवको पनि उद्घाटन हुनेछ । चैत २६ गते साँझ सिद्धार्थ कटेजको हलमा अल नेपाल मुशायरा आयोजना गरिएको छ । मुशायरामा नेपाल र भारतका झण्डै २५ जना उर्दू तथा नेपालीभाषी शायरहरु सहभागी हुनेछन् ।
त्यस्तै, २८ गते साँझ डग ब्युटी कन्टेस्ट र २९ गते बिहान घोडा दौड प्रतियोगिता आयोजना गर्न लागिएको छ । त्यसका लागि आवेदन फारमहरु आउने क्रम जारी छ । २६ गतेसम्म डग ब्युटी र घोडा दौडको फारम संकलन हुनेछ । संगै, तस्बिर तथा चित्रकला प्रदर्शनी पनि गरिनेछ । मौलिक हस्तकला र पुस्तकका स्टलहरु राखिनेछन् ।
चैत २७, २८ र २९ गते ‘पुस्तक  समाजका रंगहरु’ सन्देशसहित नेपालगन्ज साहित्य उत्सव आयोजना गरिएको छ । उक्त उत्सवमा साहित्य, समसामयिक राजनीति र आर्थिक विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको छ ।

उत्सवमा मदन पुरस्कार विजेता कृतिकारहरु नारायण वाग्ले, महेशविक्रम शाह, अमर न्यौपाने र रामलाल जोशी सहित समकालिन साहित्य तथा लेखनका चर्चित व्यक्तित्वहरु सनत रेग्मी, नयनराज पाण्डे, नारायण ढकाल, रेशम बिरही, ज्ञानवाकर पौडेल, गौरा प्रसाई, ज्योति जंगल, सरोजराज अधिकारी, नरेन्द्रजंग पिटर ब्रजेश खनाल, केशव सिग्देल, भिष्म उप्रेती, हरिबहादुर थापा, अब्दुललतिफ शौक, शच्चिदानन्द चौबे, शान्ता चौधरी, सुरेन्द्र हमाल, केशब श्रेष्ठलगायत ४० भन्दा धेरै स्रष्टाहरु सहभागी हुनेछन् ।
चैत ३० र ३१ गते आयोजना हुने नेपालगन्ज दोस्रो अन्र्तराष्ट्रिय फिल्म फेस्टिभल (१२ र १३ अप्रिल, २०१७) का लागि तयारी अन्तिम चरणमा पुगेको छ ।  प्रतियोगिताका लागि अन्तिम म्याद चैत २५ गतेसम्म तोकिएको छ । प्रारम्भीक छनौट समितिले छानेका फिल्महरु प्रतियोगितामा सहभागी हुनेछन् ।
फिल्म फेष्टिभलको उद्घाट्न प्रसिद्ध अभिनेता राजेश हमालले गर्नेछन् ।

फिल्म फेष्टिभलमा भारत, बंगलादेश, अमेरिकाका फिल्म तथा निर्देशकहरु पनि सहभागी हुनेछन् । फिल्म फेष्टिभलमा स्थानीय मुद्दामा आधारित फिल्म र विषयमाथि प्यानल छलफल पनि गरिने छ । अभिनेता हमाल, फिल्म मेकर तथा निर्देशक र फिल्म समिक्षकहरु उक्त छलफलमा सहभागी हुनेछन् ।
नेपालगन्ज दोस्रो अन्र्तराष्ट्रिय फिल्म फेष्टिभलमा नेपाल र नेपाली विषयमा निर्माण भएका फिल्महरुबीच प्रतिस्प्रर्धा गराईदैछ । उक्त प्रतियोगिताका उत्कृष्ट फिल्महरुलाई ५० हजार, ३५ हजार र २० हजार नगद र ट्रफीसहित अवार्ड प्रदान गरिने छ । त्यस्तै, २५ हजार राशीको डेब्यू फिल्म अवार्ड पनि घोषणा गरिएको छ । प्रतियोगितामा उत्साहजनक आवेदन आईरहेका छन् ।

पछिल्लो पटक बनेका सबै राम्रा फिल्महरु नेपालगन्जमा प्रदर्शन हुनेमा हामी आशावादी छौ ।
महोत्सवको अन्त्यमा नयाँ बर्ष आगमनको स्वागतमा विशेष सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । जहाँ, पारिवारीक वातावरणमा उत्साहमय न्यू इयर इभ मनाउन यो बर्षका चर्चित स्वरहरु गुन्जिनेछन् ।

लोक, पप, देउडा र नृत्यसहित स्थानीय कलाकारले पनि आफ्नो प्रतिभा देखाउनेछन् ।
सिनेमा, कला साहित्य–संस्कृती र खेल–पर्यटनलाई एकैपटक एकैथलोमा आयोजना गरिएको नेपालगन्ज महोत्सवमा सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिले आतिथ्यता प्रदान गरेको छ ।

सिद्धार्थ कटेज रेस्टुरेन्टका दुई वटा हल र परिसरमा उक्त महोत्सव आयोजना हुनेछ । नेपालगन्ज र पश्चिम नेपालको मौलिकता तथा संस्कृति जगेर्ना गर्न नेपालगन्ज फेस्टिभलमा साझेदारीका लागि अन्य निजी क्षेत्र तथा सरोकारवाला निकायसंग पनि आव्हान पनि गर्दछौ ।
अन्त्यमा महोत्सवलाई हरेक दृष्टिकोणले भव्य तथा नेपालगन्जलाई माया गर्ने देश–विदेश जहाँसुकै रहनुभएका सबैको आफ्नै साझा महोत्सव बनाउने आफ्नो पर्यत्न रहेको  जनाएका छन ।।