खोलामा करेन्ट लागेर प्यूठानमा एक युवकको मृत्यु

प्यूठान झिमरुक गाउँपालिका-५ का केशव जिसीको करेन्ट लागेर ज्यान गएको छ । मंगलबार राति झिमरुक खोलामा करेन्ट लगाई माछा मार्न गएका १७ वर्षका जिसी घाइते भएका थिए । घाइते उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रन्जितसिंह राठौरले उनीसँगै माछा मार्न गएका ४ जनालाई पक्राउ गरी सोधपुछ भइरहेको बताउनुभयो ।