राष्ट्रिय झण्डाको गर्भ र सम्मान सबैले गर्नुपर्नेमा जोड


नेपालगञ्जमा राष्ट्रिय झण्डा दिवस मनाइएको छ । नयाँ वर्ष बैशाख १ गते नेपालगञ्जमा झण्डा महोत्वसव कार्यक्रम गदै आएको अन्तराल द्धारा आयोजित कार्यक्रममा पाइलट एवं कलाकार बिजय लामाले झण्डा फेर्ने अधिकार कसैलाई नभएको बताउनु भएको छ ।

यो झण्डा फेर्ने कुरा उठाउने राष्ट्रबादी हुनैनसक्ने र नेपाली झण्डा फेर्नुपर्ने आवाज उठाउनेहरु निद्रामा बर्बराएको दाबी गरे । “विश्वमै बिशिष्ट विषेशता बोकेको चन्द्र सूर्य अंकित झण्डा फेर्न भन्नेहरु निद्रामै बर्बराएका हुन् । ब्युँझिएको बेलामा यस्तो शब्द निकाल्नै सक्दैनन् “।
पाइलट लामाले झण्डा हाम्रो चिनारी हो, यसलाई सवैले माया गरौ । ’बैशख १ गते लाई राष्ट्रिय झण्डादिवशको रुपमा मनाउन राज्यलाई समेत घचघच्याउनु पर्ने बताउनु भयो ।

नेपालको राष्ट्रिय झण्डा संसारमै विशिष्ट भएको भन्दै र आफुले राष्ट्रिय ध्वजाबाहक विमान चलाएर बिदेशमा जाँदा आफुलाइ गर्भ र सम्मान पाउने गरेको बताउनु भयो । चन्द्र र सूर्यमै सबै ब्रह्माण्ड अडेकाले यसको आफ्नो विषेशता र महत्व भएको पाइलट लामाको दाबी गर्नु भयो ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेैन्द्र झाले काठमाडौंले राष्ट्रियताको प्रयोग मात्र गर्न जानेको आरोप लगाए । ‘राष्ट्रियतालाई आफ्नो अनुकुल प्रयोग गर्ने जमात बढ्दो छ । म त्यस्ता व्यक्तिलाई भन्न चाहन्छु, राष्ट्रियता काठमाडौंमा होइन, नेपालगञ्जमा छ । काठमाडौंले त प्रयोग गर्न मात्र जानेको छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले राष्ट्रिय झण्डाको मान र सम्मान सबैले राख्नुपर्ने दायित्व भएपनि यसको निर्देशिका पालना हुनुपर्नेमा जोड लिए ।
गत वर्ष राष्ट्रगानका रचनाकार व्याकुल माईला प्रमुख बक्ताको रुपमा सहभागी भएका थिए ।
उनले सबै नेपालीको मनमुटुमा रहेको झण्डा फेर्ने कुरा गर्ने अधिकार कसैलाई नभएको बताए ।

सम्बन्धित शीर्षक