नेपालमा रक्सी र चुरोट सेवन गर्नेको संख्यामा बृद्धि

 धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेको एक तथ्यांक अनुसार नेपालमा ७ प्रतिशत महिलाहरुले धुम्रपान गर्ने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयक सचिव सेनेन्द्रराज उप्रेतीले जनसंख्याको झण्डै ५० प्रतिशत पुरुषहरुमा धुम्रपानको लत रहेको  र तीमध्ये झण्डै १७ प्रतिशतले नियमित चुरोट सेवन गर्ने गरेको पाइएको  राजधानीमा आयोजित एक कार्यक्रममा बताए ।

सचिव उप्रेतीले भने, ‘हामी चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुरा त गर्छौं, तर एउटा तथ्यांक हेर्दा हामीकहाँ फलफूल खानेभन्दा चुरोट खानेकै संख्या बढी देखिएको छ ।’

यसबाहेक, झण्डै ६० प्रतिशतले मद्यपान गर्ने गरेको समेत सचिव उप्रेतीले बताए । उनका अनुसार नेपालमा जम्मा एक प्रतिशत मानिसले मात्रै नियमित फलफुलको सेवन गर्ने गरेको पाइएको छ ।

त्यस्तै, प्रत्येक व्यक्तिले आफ्नो आहारमा दैनिक १२ ग्राम नुन समावेश गर्ने गरेको पाइएको छ । यो अनुपात भनेको शरीरलाई चाहिने नुन भन्दा झण्डै सात ग्राम बढी छ । विज्ञहरुका अनुसार हाम्रो शरीरलाई दैनिक ५ ग्राम नुनको आवश्यकता पर्छ ।

नसर्ने रोगका मृत्यु हुनेको संख्या बढी

नेपालमा सरुवा रोगको तुलनामा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या समेत बढेको एक तथ्यांकले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले सन् २०१४ग रेको एक अनुसन्धान अनुसार नेपालमा नसर्ने रोगका कारण मृत्यु हुनेको संख्या वर्षेनी एक लाख ८६ हजार पुग्ने गरेको छ । त्यसमध्य प्रत्येक पाँचजनाको मृत्युमध्ये तीनजनाको मृत्युको कारण नसर्ने रोग हुने गरेको पाइएको छ ।

त्यसबाहेक अस्पतालमा भर्ना हुने कुल विरामी मध्ये ६० प्रतिशतमा नसर्ने रोगको समस्या देखिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै २५ प्रतिशत युवामा उच्च रक्तचापको समस्या तथा नब्बे प्रतिशत मानिसहरुले उच्च रक्तपाचको औषधी सेवन नगर्ने पाइएको समेत तंथ्याकमा उल्लेख छ ।

सम्बन्धित शीर्षक