अबको स्थानिय तहको संरचनामा को–को कर्मचारी ?

नेपाल सरकारले  ‘स्थानिय तहको शासन सन्चालन सम्बन्धमा जारी आदेश,२०७३’ का अनुसार नयाँ बनेका नगरपालिका र गाउँपालिकाका र साविकका नगरपालिकाको कार्यालयमा रहने कर्मचारी प्रशासनको संरचना निम्न बमोजिम रहने ब्यवस्था गरेको छ

  • नयाँ बनेका नगरपालिकामा:
    १) कार्यकारी अधिकृत (उपसचिव /शाखा अधिकृत)
    २) ईन्जिनिएर ( सिभिल/जनरल)
    ३) कम्प्युटर ईन्जिनियर/अधिकृत
    ४) नायब सुब्बा
    ५) लेखापाल
    ६) सव-ईन्जिनियर (सिभिल/जनरल)
    ७) कार्यालय सहयोगी
    ( ईन्जिनियर, सब-ईन्जिनियर र कम्प्युटर ईन्जिनियरले वडाको समेत सम्बन्धित प्राविधिक काम गर्ने। )

नगरपालिकाको पहिलो पटक कायम भएको वडा कार्यालयमा निम्न कर्मचारी रहने छन:

१) वडा सचिव
२) प्रशासन तथा लेखा सहायक
३) कार्यालय सहयोगी

पुरानो नगरपालिकामा भने साविककै दरवन्दी कायम रहने छ भने वडा कार्यालयहरुमा पनि साविक बमोजिमकै दरबन्दी रहने स्थानिय तहको शासन सन्चालन सम्बन्धमा जारी आदेश,२०७३ मा उल्लेख गरिएको छ ।

  • गाउँपालिकामा:

    १) कार्यकारी अधिकृत (उपसचिव /शाखा अधिकृत)
    २) ईन्जिनिएर ( सिभिल/जनरल)
    ३) कम्प्युटर ईन्जिनियर/अधिकृत
    ४) नायब सुब्बा
    ५) लेखापाल
    ६) सव-ईन्जिनियर (सिभिल/जनरल)
    ७) कार्यालय सहयोगी
    ( ईन्जिनियर, सब-ईन्जिनियर र कम्प्युटर ईन्जिनियरले वडाको समेत सम्बन्धित प्राविधिक काम गर्ने। )