आलम खान
नेपालगञ्ज/पत्रकारीताको दिघो विकासको लागि सङ्ख्यात्मक भन्दा, गुणात्मक विकासमा ध्यान दिनु पर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
मुस्लिम पत्रकार क्लव नेपालले बाँकेको नेपालगञ्जमा शनिबार आयोजना गरेको नयाँ बर्ष २०७४ को शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मो।हारुन कादरीले पत्रकारीता क्षेत्रमा निती नियमहरुको शक्त कार्यन्वयनका साथै आबश्यक ऐन नियमहरुको निर्माणको समेत खाँचो रहेको बताउनु भएको थियो ।
शुभकामना अदान प्रदान कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष ठाकुर सिहं थारुले पत्रकारिता क्षेत्रले अव भयो । विकास निर्माण संगै आर्थिक समृद्धिको सवाललाई जोडदार रुपमा उठान गर्नुपर्ने धारणा राख्नु भयो । थारुले मस्लिम पत्रकारहरुले मुस्लिम समुदायको संस्कृती तथा विकास संगै पत्रकारिता क्षेत्रमा पनि मुस्लिम महिलाहरुको खाचो रहेको बताउनु भएको थियो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष निरज गौतमले व्यवसायिक पत्रकारिताले मात्र लोकतन्त्र बलियो हुने भएकोले निष्पक्ष भएर पत्रकारीता गर्न जरुरी रहेको बताउदै व्यवसायीक पत्रकारीता गर्दै अगाडि बढन सुझाव समेत दिनु भएको थियो । प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोेटेलले, स्वतन्त्र पत्रकार रमेश सिटौला पत्रकार महासंघका निर्वातमान अध्यक्ष ,प्रेस मञ्चका उपाध्यक्ष आशिष गुप्ताले समाजसेवी मेराज अहमद हिमालले,जामा मस्जिदका उपाध्यक्ष मोहम्मद ज्याउलहक हल्वाईल, लगायतले बोल्नुभउको थियो ।
हाम्रो संरचना । ३ बैशाख २०७४, आईतवार ०७:०९