न्याय माग्दा बिभाग भित्रैका केही ब्यक्तीबाट उल्टो तनाव
विभागले पीडितलाई न्याय दिनुको साटो उल्टै तनाव दिएको भन्दै महिला प्रहरी सेलका जवानहरुले असन्तुष्टि जनाएका छन् ‘पब्लिक सामू हाकिमले हातपात गर्छन् । उल्टै विभागले हाकिम जोगाउने प्रयास गर्छ,’ एक महिला प्रहरीले प्रश्न गरिन्, ‘विभागबाटै न्याय नपाए कहाँ उजुरी गर्नु ? हामी तल्लो स्तरकालाई कस्ले दिने हो न्याय ?’
अञ्चल प्रहरी प्रमुख (एसएसपी) महेशविक्रम शाहले उजुरीमाथि छानविन भैरहेको जानकारी दिए । छानविन टोलीमा अञ्चल प्रहरीका इन्सपेक्टर हरिहर खड्काको संयोजकत्वमा तीन सदस्य छन् । ‘जसको गल्ती हो उसैलाई कारबाही हुन्छ’ शाहले भने । डिएसपीको छानविनमा इन्सपेक्टर पठाउनुलाई धेरैले आश्र्चय व्यक्त गरे । कुनै पनि घटनाका बिषयमा दैलेखको डिउटी अधिकारीको फोन नम्बर 089-420113/ 9858090122/ 9858015555 बुझन सकिने ब्यवस्था प्रहरीले गरेको छ ।
हाम्रो संरचना । ४ बैशाख २०७४, सोमबार ०८:३८