नेपालगञ्ज क्षेत्रमा स्वाइन फ्लुको उच्च जोखिम

स्वाइन फ्लु बाट कसरी बच्ने ?

नेपाल–भारत सिमाना नजिकको शहर नेपालगञ्जमा स्वाइन फ्लुरोगको उच्च जोखीममा छ । गर्मि समयमा यस रोगका जिवाणु बढि सक्रिय हुने भएकाले यो रोगको खतरा गर्मिमा बढी हुन्छ ।

भारतमा यस रोगको बढी सक्रमण भएकोले भारतबाट यो रोग नेपाल भित्रन सक्ने यस बिषयका बिज्ञहरुले जानकारी गराइसकेका छन । नेपालमा खतरा किसीमको स्वाइन फ्लु प्रभाबित बिमारी फेला परेकाले स्वाइन फ्लुको जोखिम बढेको र सर्तकर्ता अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा स्वाइन फ्लुको भाइरसले छिटो असर गर्ने भएकाले यो रोग विरुद्धको भ्याक्सिन समयमै लगाउन सके जोखिमबाट बच्न सकिने सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले बताउनुभयो ।
इो रोग लागेमा खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिने बित्तिकै जाँच गराउन डा। पुनको सुझाव छ ।
स्वाइन फ्लु सरुवा रोग भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउन, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्न, साबुन पानीले हातमुख धुन, झोलिलो खानेकुरा खान र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गर्न विज्ञको सुझाव छ ।
स्वाइन फ्लुका कारण काठमाडौंमा उपचार गराईरहेका बिमारी मएक जनाको ज्यान गइसकेको छ भने अर्का एक जनामा संक्रमण भएको पुष्टि भइसकेको छ ।

यो रोग बिशेष गरी बंगुर,कुखुरा चराबाट सर्ने भएकाले भारतबाट स्वास्थ्य जांच नगरी भित्रयाउने गरिएको कुखुराबाट नेपालमा यो रोग  भित्रन  सक्ने सम्भावना बढी छ ।

भारतबाट तस्करी गरी ल्याउदै गरेको मरेको कुखुरा (माथी तस्बीरमा भएको) नेपाल प्रहरीले मिति २०७३।१२।२८ गते बिशेष प्रहरी टोलीले बाँके नेपालगञ्ज उप-महानगरपालिका वडा नं10  स्थित गणेशमान चोकबाट अबैध रुपमा क्वारेन्टाईन नगराई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ब्रोईलर कुखुरा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगञ्ज बाँकेमा पठाईएको थियो । प्रहरीले तस्करीका समान पक्राउ गर्दा मानीस पक्राउ परेको उल्लेख नगर्ने भगौडा हुने गरेको छ ।