चुनाव नजिकै गर्दा साना दल एकता गर्दै, ५ पार्टी मिलेर राष्ट्रिय जनता पार्टी

काठमाडौं/ पाँच दलबीच बिहीबार औपचारिक रुपमा पार्टी एकता भएको घोषणा  भएको  छ ।

महन्थ ठाकुर नेतृत्वको तमलोपा,

राजेन्द्र महतो नेतृत्वको सदभावना,

शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी,

महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी र

राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक पार्टीबीच एकिकरण भएको हो ।

 

काठमाडौंको डिल्लीबजारस्थित एक पार्टी प्यालेसमा बिहीबार  औपचारिक रुपमा एकिकरण घोषणा भएको हो । एकिकरण क्रार्यक्रम पछी  नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राखिएको छ । राजपा अब संसदमा मधेसको सबैभन्दा बढी सीट भएको पार्टी ठहरिएको छ ।

त्यसैगरी विजय कुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र

भानुराम थारु नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच बिहीबार एकीकरण भएको छ ।

एकीकरण पछि पार्टीको अध्यक्ष गच्छदार नै रहनेछन् भने थारुलाई सहअध्यक्षको जिम्मेवारी दिइने छ ।

पार्टीको नाम भने नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको छ । एक हप्ताभित्रै एकता महाधिवेशन गर्ने र पार्टीको नाम तथा जिम्मेवारी टुंगो लगाउने थरुहट तराई पार्टी नेपालका नेता एवम् सांसद गोपाल दहितले जानकारी दिए ।

यसअघि थरुहट तराई पार्टी नेपालकी सांसद गंगा थारु बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी थिइन् ।

त्यसैगरी फोरम लोकतान्त्रिकसँग शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टीदलित जनजाती पार्टीकी यशोदा लामाले पनि एकता गरेका थिए।