उच्चतम प्रविधिबाट समय सापेक्ष शिक्षण र शिक्षामा जोड

नेपालगञ्ज / गुणस्तरीय शिक्षा हाम्रो प्रतिवद्धता भन्ने मुलनाराका साथ बिहिबार आईडियल पब्लिक हाई स्कुलले आफनो १८ औं वार्षिक उत्सव मनाएको छ ।
कार्यक्रममा बिद्यालय निरिक्षक उद्धव श्रेष्ठले बिद्यलयहरु बेराजगार उत्पादन गर्ने थलो बन्दै गएको बताउदै श्रेष्ठले अहिलेको परिवर्तित समयमा सूचना र प्रविधिको अधिकतम प्रयोग गरेर शिक्षा दिन सकेमा मात्र अध्यापन सफल हुन सक्ने बताए ।
अहिलेका बालबालिका उच्चतम प्रविधिबाट प्रभावित भएकोले उनीहरुको मनोभावना बुझेर मात्र शिक्षण क्रियाकलाप सञ्चालन गर्न सकेमा सिकाई र्दीघकालिन हुने बताउनु भयो ।

समाबेशी स्कुकका प्रधानाध्यापक हेमन्तराज काफ्लेले शिक्षा भनेको देश बिकासको मेरुदण्ड हो यो प्रतिस्पर्धाको जमनामा हाम्रो शिक्षा अन्तर्राष्ट्रिय स्तरको हुनु पर्छ र अब को युग भनेको प्रबिधी को युग हो शिक्षामा प्रबिधिलाई जोड्न सके निकै राम्रो हुने र निजी क्षेत्रले शिक्षामा पुराएको योगदानको राज्यले कदर गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

पत्रकार निरज गौतमले आध्यात्मिक शिक्षा दिनतर्फ शिक्षाको क्षेत्रमा क्रियाशिल व्यक्तिहरु चनाखो हुनुपर्ने धारणा राख्नु भएको थियो । प्याबसन बाँकेका सचिव एम रावतले वर्तमान समयमा विद्यार्थीहरुमा शैद्धान्तिक ज्ञानका साथ व्यवहारीक ज्ञानको खाँचो रहेको औंल्याउनु भएको थियो ।

उहाँले भविश्यका कर्णधार वालवालिकाहरुको लागी आईडिएल स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्नसफल भएको दावी गर्दै त्यसको श्रेय अध्यापनरत शिक्षक, शिक्षिका र अविभावकहरु रहेको वताए ।

विद्यालयका प्राचार्य अनवर शाहले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीहहरुको चौतर्फी विकाशका लागि विद्यालयले आगामी दिनमा सीपयुक्त शिक्षा र गुणयुक्त संस्कारलाई प्राथमिकतामा राखेर जाने बताएका थिए ।

आईडिएल विद्यालयको प्रांगनमा आयोजना गरीएको वार्षिक उत्सव तथा पुरुस्कार वितरण कार्यक्रममा सरकारी तथा गैररसकारी कार्यालयका प्रमुख प्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, शिक्षक, वुद्धिजिवी, अविभावक तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो । क्रार्यक्रम विद्यालयका अध्यक्ष असलम हल्वाईको अध्यक्षतामा सम्पन्न भएको थियो । विद्यार्थीहरुले वार्षिक उत्सव कार्यक्रममा इस्लामीक नाच, इस्लाममा महिलाको स्थान विषयक भाषण, गित लगाएत विविध कला प्रदर्शन गरीएको थियो ।