नेपालगञ्जको श्रेया फर्निचर कारखाना तथा शोरुम पसलमा भिषण आगलागी With Video..

 करोडौं बराबरको समान जलेर नष्ट

नेपालगञ्ज/ नेपालगञ्ज उप–महानगरपालीका वडा नम्वर–१ सुर्खेतरोड धम्वोजीमा रहेको श्रेया फर्निचर कारखाना तथा शोरुम पसलमा भिषण आगलागी भएको छ ।नेपालगञ्जको धम्बोजी चौक तथा पुष्पलालचौकको बीच भागमा रहेको श्रेया इन्टेरियल डेकोरमा भिषण आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागी नेपाली सेना,सशस्त्र प्रहरी, जनपद प्रहरी साथै दमकलको सहायताले अग्नी नियन्त्रकहरुले आगलागी निभाउने प्रयास निकै प्रयास गनु परेको छ ।

स्थानिय युवा ब्यवशायी पंकज श्रेष्ठको स–परिवारले सञ्चालन गदै आएको उक्त फर्निचर कारखानामा करोडौंको समानहरु जलेर नष्ट भएको बताइएको छ । आगलागी नेपालगञ्जको बिधुत प्राधिकरणको लापरबाही पूर्ण तरीकाले बिधुत सर्ट भएर आगलागी हुन सक्ने बताइएको छ। यस अघि पनि नेपालगञ्जको त्रिभुवन चौक, घरबारी टोलमा रहेका पसलमा यस्तै बकसीमले आगलागी भएर करोडौंको धनमाल नोक्सानी भइसकेको छ । video down….