हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 616 Views

काठमाडौं महानगरः जित्ने हार्ने सबैलाई अबिर माला

काठमाडौं र निर्वाचन भएको दुई सातापछि काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक
भएको छ । महानगरमा एमालेका बिद्यासुन्दर शाक्यले अत्याधिक बहुमतले बिजयी हुनु भएको छ ।

काठमाडौं महानगरको मेयरमा निर्वाचित एमालेका विद्यासुन्दर शाक्यलाई तेस्रो लोकप्रिय मत पाएकी विवेकशीलकी रन्जु दर्शनाले खादा लगाएर बधाई दिइन् । शाक्यले पनि रन्जुलाई हार्दिकता पूर्वक धन्यवाद दिए ।

मेयरमा भारी मतले कांग्रेस हारे पनि उपमेयर कांग्रेसकै हरिप्रभा खड्गीले जितेका कारण कांग्रेस कार्यकर्ता पनि मतगणनास्थलमा खुशि मनाउदै थिए । यस्तो माहौल थियो,कि त्यहाँ सबैले जितेका छन् । मतपरिणाम घोषणापछि एमाले र कांग्रेसका अलग अलग बिजय जुलुस निस्किएका थिए ।