बांके जिल्लाका सबै स्थानिय निकायको बजेट विवरण

नेपालगञ्ज/नेपाल सरकारले बाँके जिल्लमा रहेका ८ वटा स्थानीय तहका लागि  ३ अर्ब २७ करोड रुपिया बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७४।०७५ को बार्षिक बजेट अनुसार निम्न अनुसार रहेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकामा ६८ करोड २५ लाख ८३ हजार रुपिया , 
कोहलपुर नगरपालिकाका लागि ४२ करोड २८ लाख ८१ हजार रुपिया ।
६ वटा गाउँपालिकाका लागि दुई अर्ब १७ करोड २६ लाख रुपिया बजेट छुट्टाइएको छ ।
खजुरा गाउँपालिकामा सबैभन्दा बढि ३९ करोड ८९ लाख रुपिया,  
जानकी गाउँपालिकामा २६ करोड  ८७ लाख रुपिया ,
डुडुवा गाउँपालिकामा २८ करोड ५६ लाख रुपिया,
नरैनापुर गाउँपालिकामा ३० करोड ९० लाख रुपिया ,
वैजनाथ गाउँपालिकामा  ३६ करोड ६७ लाख रुपिया, 
राप्ती–सोनारी गाउँपालिकामा ५४ करोड ३४ लाख रुपिया बजेट छु्टाइएको  छ ।

सरकारले यसबर्ष राज्यको नयाँ संरचना अनुसार बार्षिक बजेट सिधै स्थानीय तहका लागि बिनियोजन गरेको छ ।
यसबाट अधिकार सम्पन्न स्थानीय तहमा काम गर्न झनै सहज हुने बिश्वास सरकारको छ ।
सरकारले बित्तिय समानीकरण,सशर्त अनुदान,समपुरक अनुदान रविशेष अनुदान शीर्षकमा स्थानीय तहका लागि बजेट विनियोजन गरेको हो ।
अर्थ मन्त्रालयका अनुसार, ७४४ वटा स्थानीय तहका लागि कुल बजेट दुई खर्ब ३२ करोड रुपिया बजेट छुट्टाइएको छ ।
अर्थ मन्त्रालयले महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका र गाउँपालिका अनुसार बजेट बिनियोजन गरेको हो ।