भूमि सुधार र मालपोत बांकेका कर्मचारी अख्यितार द्धारा भटाभट पक्राउ

नेपालगञ्ज/भूमि सुधार कार्यालयका नासु शैलेन्द्र कर्णलाई घुसको रकम सहित बुधवार दिउँसो अख्यितारले नियन्त्रणमा लिएको छ ।

मोही सम्बन्धी जग्गा बाँडफाँड मुद्दामा सेवाग्राही सँग २० हजार घुस लिंदै गर्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर स्थित सम्पर्क कार्यालयले  कर्णलाई रंगेहात समातेको  छ । कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

 त्यसैगरी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले ४ लाख ९८ हजार घुस लिंदै गरेको अवस्थामा २ जनालार्इ पक्राउ गरेको थियो ।

मालपोत कार्यालय बाँकेमा कार्यरत खरिदार नर बहादुर सारु र लेखनदास सर्जु थापालाई अख्तियारले  पक्राउ गरेको हो  ।

जग्गा बिक्री प्रयोजनका लागि मालपोत कार्यालय बांकेमा रहेको निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समय देखि काम रोकेर घुस मागेको र सो मागेको रकम बुझ्दै गर्दा ती ब्यक्तीलाई पक्राउ गरीएको अख्तियारले बताएको छ ।

मातपोतका कर्मचारीले कारकाँदो स्थित एक व्यक्तिको नाममा रहेको जग्गा प्रमाणित गर्न घुस मागेका बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरका केही कर्मचारीको ब्यहार न्यायिक प्रकिया अनुसार नभएको आलोचना पनि हुदै आएको छ ।

धम्बोझी स्थित एक रेष्टुरेन्टमा सेवाग्राही सँग ४ लाख ९८ हजार घुस लिंदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका दुवै जनालाई कोहलपुर स्थित अख्तियारको हिरासतमा राखिएको छ ।