तराई-मधेशमा पनि एमाले पहिलो पार्टी हुने ओलीको दावी

  एमालेले एमालेलाई नै हराउने छुट छैन-एमाले अध्यक्ष केपी ओली

नेपालगञ्ज, २८ जेष्ठ /प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्धको षडयन्त्रलाई प्रतिरोध गरेर तराई मधेशमा पनि पार्टीलाई पहिलो बनाउने दावी गर्नु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्षले ओलीले त्यस्तो दावी गर्नु भएको हो ।
ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने पनि बताउनु भयो । उहाँले एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरु नै एमाले तराई मधेशमा बडारिन्छ भन्ने भ्रम फैलाइरहेकोको पनि बताउनु भयो ।
उहाँले शान्ति ,सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताउनु भयो । अध्यक्ष ओलीले मुलुकमा सदभाव कायम गर्ने,विकास समृद्ध गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्नु भयो । ” एमालेलाई घेराबन्दी पारेर कमजोर गराउने षडयन्त्र सफल नहुने र पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि अतालिएर गनिसक्न लाग्दा २/४ वटा मतपत्र च्यातेर तमासा गरेको बताउनु भयो ।
असार १४ गते निर्वाचन सार्ने कुरा र स्थानीय तहको सख्यामा कुनै थपघट नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘ठुक्क हुनु होस ,असार १४ को मिति सर्दैन, स्थानिय तहको सख्यामा पनि थपघट हुदैन । ’

अध्यक्ष  ओलीले उम्मेद्वारीमा असन्तुष्टि राखेर एमालेले एमालेलाई नै हराउने छुट नरहेको भन्दै चुनाव जितेपछि मात्र गुनासाहरुको सुनुवाई हुने बताउनु भयो ।

‘असार १४ गतेपछि पनि घाम लाग्छ, कसैको असन्तुष्टि छन् भने तीनको समाधान चुनावपछि हुनेछ, एमालेले एमालेलाई नै हराउने छुट छैन,

एमाले सामाजिक सद्भाव, समृद्धि र राष्ट्रिय एकताको पक्षमा भएको बताउदै नेपालगन्जबासीले सामाजिक सद्भावका पक्षमा खेलेको भूमिका सह्राना गर्दै मुस्लिम नेता सम्सुद्दिन सिद्दिकीलाई प्रमुख र महिला नेतृ शान्ति ढकाललाई उपप्रमुखको उम्मेद्धार बनाइएको र एमालेले मुस्लिम समुदायबाट प्रमुखको उम्मेद्धार दिएपछि अन्य पार्टीलाई जिताउन र एमालेलाई हराउन डुप्लीकेट मुस्लिम उम्मेदवार मैदानमा ल्याउन सक्नेतर्फ मुस्लिम समुदायको ध्यानाकर्षण गराए ।

चुनावमा खटिन निर्देशन
अध्यक्ष ओलीले अभागीलाई खाने बेला रिस उठ्छ भन्ने उखान सुनाउँदै एमाले कार्यकर्तालाई जित्ने बेलामा रिस उठ्ने रोग लाग्न थालेकोमा चिन्ता व्यक्त गरे । ‘अभागीलाई खाने बेला रिस उठ्छ, अर्कोले खाइदिएपछि रित्तो थाल हेरेर बस्छ । एमाले कार्यकर्ताले जित्ने बेलामा असन्तुष्टि जनाउने हो भने अर्कोले जित्छ अनि पुर्पुरोमा हात राखेर बस्नुपर्छ,’ ओलीले भने ।
ओलीले पार्टीलाई चुनाव जिताउनका लागि दिनमा ३÷४ घण्टामात्र सुत्ने गरेको भन्दै कार्यकर्तालाई पनि चुनावसम्म गर्मी झेलेरै चुनावमा खटिन निर्देशन दिए ।

मतपत्र च्यात्नेलाई भोट किन दिने ?

एमाले अध्यक्ष ओलीले प्रदेश १ बाट एमाले अत्यधिक बहुमतसहित पहिलो पार्टी हुने र ७ नम्बर पनि पहिलो पार्टी नै बन्ने भन्दै ५ नम्बरले त्यहि नतिजा दिनुपर्ने बताए । जेठ १५ गतेपछि ‘मुटु थाम्न नसक्ने’ ठोकुवा गरे । ‘मधेसमा एमाले बढारिन्छ भन्नेहरुलाई केही भन्नु छैन, मत गन्न थालेपछि थाहा हुनेछ एमाले बढारिन्छ कि एमालेले बढार्छ,’ ओलीको भनाई थियो ।

मधेसमा एमाले बढारिन्छ भन्नेहरुलाई केही भन्नु छैन, मत गन्न थालेपछि थाहा हुनेछ एमाले बढारिन्छ कि एमालेले बढार्छ

ओलीले कांग्रेस र माओवादीलाई मत दिनुपर्ने कारण नरहेको दावी गरे । भरतपुरमा हार्ने निश्चित भएपछि कांग्रेस/माओवादीले बालुवाटारमा योजना बनाएर मतपत्र च्यातेको आरोप लगाए । ‘उनीहरुलाई मत किन दिने ? मतपत्र च्यात्नका लागि दिने ? जनताले कांग्रेस माओवादीलाई भोट माग्न आउदा सोध्नुपर्छ, हाम्रो मत च्यात्नेलाई किन भोट दिने ?’ उनले भने ।

ओलीले यो पटक नेपालगन्जले हिन्दू/मुस्लिम सदभावनाको सन्देश दिनुपर्ने भन्दै ओलीले मुस्लिम समुदायको मत बिभाजित हुन नहुने बताए । एमालेकै दबावका कारण मुस्लिम समुदायको महान पर्वको दिन तोकिएको चुनावको मिति सारिएको ओलीले बताए । उनले मुस्लिमलाई उपमहानगरको मेयर उम्मेदवार दिने एमालेमात्र रहेको दाबी गरे ।