नेपालगञ्जका डाक्टरहरु सवार जिप दुर्घटना १ को घटना स्थलमै मुत्यू २जना गम्भिर घाईते, घटनास्थल रहस्यमयात्मक !

५असार, नेपालगञ्ज / सोमबार सांझ दांगबाट नेपालगञ्ज तर्फ आईरहेको बा९च ५९७४ नम्बरको जिपलाई कोहलपुरबाट पूर्व तर्फ गईरहेको ना५ख ९१८१ नम्बरको ट्रकले बांकेको अगैया नजिकै ठक्कर दिई  दुर्घटना हुदा १ जना डाक्टरको घटना स्थलमै मुत्यू भएको छ भने २ जना डाक्टर गम्भिर रुपले घाईते भएका छन ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गको कोहलपुर–अगैया खण्डमा पर्ने राप्ती सोनारी गाउंपालीकाको कचनापुर,अगैया नजिकै उक्त  दुर्घटना भएको प्रहरीले जनाएको छ ।   घटनामा  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज का निर्देशक डा। एम किदवाईका छोरा डा। अमन किदवाईको  दुर्घटनामा परी घटनास्थलमै निधन भएको छ ।

साथीको बिहेमा सहभागी भएर दांग बाट सोमबार सांझ फर्कदै गरेका ३ जना डाक्टर सवार जिपलाई ट्रकले एक्कासी ठक्कर भएको दुर्घटनामा किदवाईका अर्का छोरा  डा. असिम किदवाई र उनीहरुसगै यात्रारत् डा. बासु अधिकारीका पुत्र डा। विमर्श अधिकारी  गम्भिर घाईते भएका छन ।

डा. अधिकारीको शिक्षण अस्पताल कोहलपुर र डा. किदवाईको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । वरिष्ठ चिकित्सक किदवाईलाई पुत्र शोक परेको घटनालाई लिएर ठूलो संख्यामा सर्वसाधारणहरु अस्पताल पुगेका थिए ।  सोमबार रातीसम्म शिक्षण अस्पताल नेपालगञ्जमा  किदवाईका शुभेच्छुकहरुको भिड देखिन्थ्यो । घाइते डाक्टर खतरामुक्त रहेको शिक्षण अस्पताल नेपालगञ्ज स्रोतले जनाएको छ ।

डाक्टरहरु सवार भई दुर्घटनामा परेको ठाउंमा नियमित जसो दुर्घटना भइरहने र त्यस ठाउंमा प्रया सांझ र बिहान मात्र दुर्घटना हुने गरेको छ ।
यस अघि बर्दिया गुलरीयाका एक जना ज्ञवाली थरमा युवाको पनि मुत्यू भएको छ भने एक जना पत्रकार पनि सोही ठाउंमा गम्भिर घाईते भएका थिए । स्थानिय बासिन्दाका अनुसार शमशेरगञ्ज–अगैया खण्डमा सांझ र बिहान एक महिलाको रुपमा देखिने गरेको भुत प्रेतको आत्मा भडकिने गरेको पनि बताउदै आएका छन । कोहलपुर ट्राफिक प्रहरीका अनुसार सो क्षेत्रमा अधिकतम दुर्घटना हुने गरेको तथ्याक रहेको छ ।