नेपालगञ्जमा किन अगाढी आए डा.धवलशम्शेर राणा !

 १८,असार,नेपालगञ्ज/तीन दिनदेखि निरन्तर भेरी प्राविधिक शिक्षालयमा मतगणनामा जारी छ ।  डा. धवल समशेर राणा धवलले ६ हजार ८ सय ६९ मत प्राप्त गरी अग्र स्थानमा हुनुहुन्छ  । कांग्रेस- हजार सय ९५,  एमाले३ हजार सय ८ ,माओवादी३ हजार ६ सय ६५,र फोरमले  २ हजार २ सय ५८ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । अझै ११ वडाहरुको मत गणना बाकि नै छ । तर पनि डा. धवल शम्शेर राणा नेपालगञ्ज उप–महानगरपालीकामा मेयरको पदमा बिजयी उन्मुख हुने क्रममा हुनुहुन्छ ।

नेपालगञ्जको हिरो बन्दै डा. धवल शम्शेर राणा

राष्ट्रिय राजनितिमा देशभरीबाट निर्वाचनको सिट संख्याको आधारमा बिलाई रहेको पार्टी राप्रपाबाट मेयर पदका प्रत्यासी धवल शम्शेर राणा नेपालगञ्जमा एकाएक चम्केका होइनन । त्यसका लागी राप्रपाका कार्यकर्ताको पनि मेहनत त छदै छ त्यो भन्दा पनि एमाले र कांगे्स पार्टीको तर्फबाट अनुकुल वातावरण नै मुख्य कारण पनि रहेको छ ।
नेकपा एमालेका ५ नम्वर प्रदेश संयोजक बिष्णु पोख्रेलले धवल शम्शेर राणालाई काठमाडौंमा राप्रपाले लगाएको गुन तिर्न एमाले तयार छ एलाइन्स गरेर जाउं भन्ने प्रस्ताव फोन बाट राख्नु भएको थियो । धवल शम्शेर राणाले सहयोग त चाहिन्छ सर, तर यस पटक म एक्लै उठेमा जित्ने सम्भावना माहौल बनिरहेको छ । सहयोग गर्ने भए आन्तरीक रुपमा गर्नु, यसपटक म एकलै लडेमा जित्छु भन्ने जवाफ फर्काएको एमालेका कार्यकर्तालाई जानकारी भयो ।

एमालेका उपाध्यक्ष बामदेव गौतमले बिष्णु पोख्रेल मार्फत धवललाई एमालेले मेयरमा सहयोग गर्ने जानकारी गराइएको थियो । यो भएको वार्तालाप एमालेका जिल्ला स्तरीय कार्यकर्ता बीच पुगेपछी पहिल्य धवल शम्शेर राणा एमालेमा हुदा सगै काम गरेका र नजिक रहेका कार्यकर्ताले धवल शम्शेर राणाको पक्षमा समर्थन गदै जाने माहौल बनेको एमाले स्रोतको छ । यो माहौल र हल्ला अन्तीम समय सम्म पनि रोक्न सकेन एमालेका कार्यकर्ताले उल्टो प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरीएको भोट गणनाको परिनामले देखाएको छ ।

एमालेले मुस्लिम समूदायको प्रतिनिधित्व होस भन्ने उदेश्यले मेयरमा शमशुद्धिन सिद्धिकीलाई मेयर पदमा टिकट दिएको थियो/ शमशुद्धिन सिद्धिकीले मुस्लिम भोट आफुतिर आकर्षित गर्न नसक्नु र राजनितिक रुपले हिन्दुत्व सहितको राजतन्त्रको वकालत गर्ने पार्टी महामन्त्री धवल शम्शेर राणालाई एमाले लगायत मुस्लिम समूदायबाट भोट हालेको देखीन्छ । धवल शम्शेर राणा एमालेमा हुदा सिकेको राजनितिक सांगठनिक प्रक्रिया,पारीवारीक उतार चढाउको समेत अनुभवी रहनुभएका सरल तथा बौद्धिक ब्यक्तित्व भएकाले यस अघि एमालेमा फर्किन र फर्काउन गरीएको कसरत सफल भएको थिएन ।

नेपालगञ्जमेयर पदको कुर्सि तर्फ बढदै कदम


त्यसैगरी नेपाली कांग्रेसको टिकट बितरण देखी चुनावी माहौल निर्माण सम्म एमाले जस्तै कांग्रेसमा पनि असन्तुष्टीको संख्या बढदै गयो र उक्त समूहले स्थानिय नगर बिकासको लागी धवल शम्शेर लाई नै जिम्मा दिदा राम्रो हुने निष्कर्ष सहित मतदान गरेको देखीन्छ । स्थानिय नगरबासी बीच पनि राप्रपाको नितिगत आधारमा नभई स्थानिय बिकासको एजेण्डामा धवल शम्शेर राणाको सरल ब्यक्तित्व र इमान्दार बिकास प्रेमीको रुपमा चित्रणगरी धवललाई भोट दिनुपर्दछ भन्नेको संख्याले धवलको जितको सुनिश्चितता गरेको देखीन्छ ।

यस अघि ०५४ मा एमालेको तर्फबाट मेयर पदको रुपमा निर्वाचित भइ काम गर्ने अवसरलाई नबिर्सी त्यस बखत नगर प्रमुखको हैसियतले काम गर्दा धेरै किसिमका अनुभव धवलसंग रहेको छ । त्यस बखत नेपालगञ्जको भौतिक तथा समाजिक बिकासका लागीे नेपालका बिकसित शहर र जापान लगायत देशका मुख्य शहरको बिकासको अनुभव समेत रहेको छ ।

अब यस पटकको मेयर त्यतीखेरको मेयरमा धेरै फरक रहेको छ । यस पटकको मेयरले हाल सम्म रहेका मन्त्रालयको शाखाको रुपमा आफनै कार्यालयमा स्थापना गनुपर्ने छ । जस्तो भौतिक योजना तथा निर्माण मन्त्रालय केन्द्रमा रहेको थियो भने नेपालगञ्ज उप–महानगरपालीकाले भौतिक निर्माण समिति वा शाखा कार्यालय खोलेर भौतिक निर्माण आफै गर्न संविधानको दायरा भित्र रहेर यसको कार्यबिधि ऐन, बनाउनुपर्ने दायित्व रहने छ । अब देखी निर्माणमा ठेकेदारी प्रथा र कमिशनको अन्त्यभई बिकास निर्माण छिटो र छरीतो रहने छ । त्यसका लागी नेपालगञ्ज बासीले स्थानिय शासनमा ज्ञाताको रुपमा डा. धवल शम्शेर राणा नगरबासीले चुन्ने निश्चित अवस्था रहेको छ ।