पूर्वी नेपालको मुख्य द्धार रहेकोसुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाको मेयर र उपमेयर दुबै पदमा एमालेका उम्मदेवार विजयी भएका छन् । मेयर पदका लागि भएको प्रतिस्पर्धामा एमालेका द्वारिकलाल चौधरी २२ हजार ४ सय १२ मत ल्याएर विजयी बनेका हुन् ।
उपमेयरमा पनि एमालेकै उम्मेदवार लक्ष्मी गौतम २२ हजार १ सय ४२ मतका साथ विजयी बनेकी छिन् । एमालेले इटहरीमा कांग्रेसका उम्मदेवारलाई फराकिलो मतान्तरले पछाडि पारेको छ । विजेता चौधरीका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोहित प्रसाईले १९ हजार ९ सय ८५ मत पाएका छन् । त्यसैगरी उपमेयरमा कांग्रेसकी विमला ढकालले १८ हजार ३ सय ५२ मत पाएकी छिन् ।
पूर्वाञ्चलको महत्वपूर्ण शहरका रुपमा रहेको इटहरी उपमहानगरपालिकाकामा पाएको जितले सुनसरीका एमाले जनमाा खुशियाली छाएको छ । नेपालका प्रमुख शहर मा एमालेको बिजयी भएको छ । काठमाण्डौ, पोखरा, बुटवल, इटहरी, घोराई तुल्सीपुर जस्ता प्रमुख शहर एमालेको नेतृत्व बिजयी भएका छन ।
हाम्रो संरचना । २३ असार २०७४, शुक्रबार ०९:२५