३०० मिटर सडक तथा नाली निर्माणमा ठेकेदारको चरम लापरर्वाही,गुनासो पुग्यो नगरपालीकामा

नेपालगञ्ज, २३ असार/

नेपालगञ्ज उप–महानगरपालीकाको वडा नम्वर–१३ बुलबुलियामा निर्माण भइरहेको सडकमा ठेकेदारको लापरबाहीको कारण स्थानिय बासिन्दाले निकै कष्ठ बेहर्नु परेको स्थानिय बासिन्दाले जानकारी गराउनुभएको छ ।
स्थानिय बिकास मन्त्रालय अन्र्तगतको नेपालगञ्ज उप महानगरपालीकाबाट सञ्चालित परियोजनामा ३ सय मिटर सडक तथा नाली निर्माणका लागी रामशरण यादव को राज विल्डर्स नामक निर्माण कम्पनी लाई ठेक्का दिएको थियो ।

उप–नगरपालीकाले उक्त ३ सय मिटर बाटो तथा नाली निर्माणको लागी ९२ लाख २५ हजार ३३ रुपैया ३८ पैसा को परियोजना नगरपालीकाले निर्माण गरेको थियो । उक्त परियोजना अत्यधिक मुल्य राखी निर्माण गरिएकोमा मुल्य घटा–घटमा राज बिल्डर्स नामक ठेकेदारले ६४ लाख ४५ हजार १ सय १९ रुपैया ११ पैसामा २०७३ साल चैत्र ११ गते ठेक्का नेपालगञ्ज उप–नगरपालीका संग सम्झौता गरी निर्माण कार्य सुरु गरेको थियो । निर्माण कार्य २०७४ असार २ गते सम्पन्न गरीसक्ने गरी सम्झौता भएको थियो ।
ठेकेदार कम्पनीले उक्त निर्माण कार्यको लागी भारत बहराइच निवासी रामशरण कै नातेदार पर्ने ब्यक्तीलाई पेटी ठेकेदारर्मा कामको जिम्मा लगाएको छ । ठेकेदारले उक्त ३ सय मिटर बाटो निर्माणको लागी दाया–बांया सडक खनेर काम पुरा नगरेका कारण सडकको दाया–बांयाबाट माटो खनी सडकमा छोडेका कारण स्थानिय बासिन्दालाई आवत–जावतमा निकै समस्या भएको बताएका छन ।

सडक निर्माण कार्यको समय अवधी समेत समाप्त भएको र ठेकेदारलाई बारम्बार निर्माणको लागी आग्रह गर्दा निर्माण कार्य नगरी लामो समयदेखी बेपत्ता रहेको स्थानिय बासिन्दाले बताएका छन । उक्त सडक निर्माण कार्य नगरी अलपत्र पारीएको र पानीले बाटोमा ठेकेदारले खनेर माटो त्यसै छोडेकाले बाटो हिलाम्मे भइ स्थानिय बासिन्दा आवत–जावतमा निकै समस्या भएको जनाउदै उप–नगरपालीकामा समस्याको जानकारी गराई समस्याको निकासको लागी आग्रह गरीएको स्थानिय बासिन्दाले हाम्रो संरचनालाई जानकारी गराउनु भएको छ ।