नेपालगञ्ज,२४ असार/ नेपालबाट भारत तर्फ तस्करी हुने गरेको कांचो सुन पछील्लो पटक बिभिन्न गहनाको रुपमा निर्माण भइ पुनः नेपाल तर्फ नै तस्करी हुने गरेको प्रमाण नेपाल प्रहरीले नेपालगञ्जमा फेला पारी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेका अनुसार बुधबार दिउसो नेपालगञ्जको वडा नम्वर ३ स्थित त्रिवेणी मोड नजिकैबाट प्रहरीले बिशेष सुचनाका आधारमा सुन तस्कर लाई रंगेहात पक्राउ गरेको छ ।
भारतको अमृतसर पंजाब सुल्थबिन रोड बस्ने बर्ष ५१ को कुलबिन्द्र सिंह सरदारलाई चेक जाँच गर्ने क्रममा निजले अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी भारतबाट बिभिन्न किसिमका १५३.६९० ग्रामको मूल्य रु.६,९९,६६८।– बराबरको सुनका गर-गहनाहरू बरामद गरीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले उक्त गहना सहित पक्राउ गरेको ब्यक्तिलाई आवश्यक अनुसन्धान र कार्वाहीका लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा चलान गरीएको जनाएको छ ।
नेपालगञ्जमा यस अघि तेस्रो मुलुकबाट अवैधरुपमा सुन तस्करी गरी भारत तर्फ तस्करहरुले लैजाने गरेकोमा सुनको मुल्य र गुणस्तरको आधारमा नेपाल–भारत तर्फ सुन तस्करी आयात तथा निर्यात हुने गरेको छ । नेपालगञ्जमा करीब १ दर्जन ब्यक्ती यहि सुन तस्करीलाई नै मुख्य पेशा बाएर जिबीको पार्जन गर्ने गरेका छन ।
केही बर्ष अगाढी कोहलपुरको चौराहबाट भारतीय नम्वर पेलेटको सानो गाढी चेक–जांचको क्रममा २सय ५ केजी र २ वटा जिप प्रहरी पक्राउ गरेको थियो । पक्राउ गर्दा ततकालीन अरुण कुमार सिह बांकेको प्रहरी प्रमुख रहेका थिए । उक्त सुन र गाढी समेत जफत भएकोमा भन्सारको समेत मिलेमतोमा प्रहरी उच्च अधिकृतहरुले गाढी समेत लिलाम आफनै नाममा गराएर सुन र गाढी दुबै लिएका थिए । गाढी पक्राउ गर्ने ततकालीन बिक थरका एक जना ट्राफिकले भने आफुले केही नपाएको झोकमा गाढीको करीब ४५ हजार पर्ने अडियो प्लेयर लिएका थिए । उनलाई ततकाल कपिलबस्तुको कृष्णनगर सरुवा गरीएको थियो । त्यसैगरी नेपालबाट भारत तर्फ सानो मिनी ट्रकमा लुकाएर लैजादै गरेको करीब ५ क्वीन्टल गहनापनि प्रहरीले जमुनहा चौकीमै पक्राउ गरेको थियो ।
पहिले सुनको बिस्कुटको रुपमा तस्करी हुनेगरेको सुन हाल गहना तथा डल्लाकै रुपमा तस्करी हुने गरेको छ । तस्करी गरेको समान जिल्ला प्रहरी कार्यालयले नेपालगञ्ज भन्सार कार्यालय नबुझाएर कोहलपुर स्थित राजश्व अनुसन्धान कार्यालय बुझाउदै आएको छ । प्रहरी स्रोतका अनुसार पक्राउ गरेको समान सहित अभियुक्तहरुलाई कार्वाहीका लागी प्रहरीले बुझाउदा थप अनुसन्धान र कार्वाहीको सटटा अन्य काम भएको पाइएकोले भन्सारमा नबुझाइएको बताएका छन ।
हाम्रो संरचना । २४ असार २०७४, शनिबार ०९:३२