बांके,खजुरार / बांकेको नगर उन्मुख खजुरा गाउँपालिकाको पहिलो बैठकले तीन वटा जन–अपेक्षाकृत महत्वपूर्ण निर्णय गरेको छ । पदभार ग्रहण लगतै खजुरा गाँउपालिकाको विहिबार बसेको पहिलो बैठकले ७० बर्ष भन्दा बढि उमेरका बृद्धबृद्धाको लागि प्रत्यक ३ महिनामा १ पटक प्रत्येक वडामा निशुल्क आधारभुत स्वास्थ्य परीक्षणको व्यबस्था गरिने निर्णय गरेको छ ।


त्यसैगरी बैठकले साना किसानहरुलाई यस आर्थिक बर्षको लागि विउ विजनको अनुदान स्वरुप ५ लाख विनियोजन गर्ने निर्णय गरेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारको लागि बिधसतीय उपकरण प्रयोग गरी शिक्षण क्रियाकलापको व्यवस्था मिलाउन यस बर्ष खजुरा गाउँपालिकाका सबै समुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट बोर्ड १ थान, प्रोजेक्टर १ थान र ल्यापटप १ थान उपलब्ध गराउने निर्णय भएको छ । अर्को बर्षबाट आधारभुत तह सञ्चालन भएका विद्यालयमा समेत सो व्यवस्था लागु गरिने खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतीले जानकारी दिनुभयो ।
हाम्रो संरचना । २४ असार २०७४, शनिबार ११:५७