असार २९,नेपालगञ्ज/नेपालमा कमै मात्र हुने ल्यापरोस्कोपिक नेफ्रेक्टोमी सर्जरी नेपालगञ्ज स्थित मेडिकल कलेजमा डक्टर दिपेश गुप्ताको टिमले पहिलो पटक सफलता पूर्वकसम्पन्न गरेको छ । नेपालगञ्ज मेडिकल कलेजका युरोलोजिस्ट डक्टर दिपेश गुप्ताको टिमले मुगुकी १९ बर्षीया अंकिता परियारको ल्यापरोस्कोपिक नेफ्रेक्टोमी सर्जरी सफलतापूर्वक गरेको हो । दुरबीन प्रविधिद्वारा खराब मृगौला झिकेर फाल्ने विधिलाई चिकित्सा क्षेत्रमा ल्यापरोस्कोपिक नेफ्रेक्टोमी सर्जरी भनिन्छ ।
काठमाडौं र बाहिरका केही अत्याधुनिक अस्पतालमा बाहेक यस किसिमको शल्यक्रिया भएको सम्भवतः नेपालगञ्जमा पहिलो हो । यद्
यपी केही समय अघि विराटनगरमा पनि यस किसिमको शल्यक्रिया भएको आफूले सुनेको डक्टर गुप्ता बताउँछन् । दक्ष जनशक्ति र अत्याधुनिक सर्जरी उपकरणको व्यवस्था भएपछि डा. गुप्ताको नेतृत्वमा मुगुकी परियारको पत्थरीका कारण विग्रिएको मृगौला ल्यापरोस्कोपिक नेफ्रेक्टोमी सर्जरी गरेर झिकिएको हो ।
दुरबीन प्रविधिबाट परियारको मृगौला झिक्ने डा. गुप्ताको टिममा डा. विपिन महर्जन, डा. पवन बर्मा, डा. नबिन रेग्मी, डा. ग्रिसुना सिंह, नर्स सविता रामदाम अफरोज लगायत थिए ।‘पर्याप्त उपकरण र दक्ष टिमको व्यवस्था नहुँदा यसअघि नेपालगञ्ज मा यस्तो शल्यक्रिया हुन सकेको थिएन । नेपालगञ्ज मेडिकल कलेजमा स्रोत र साधनको उपलब्धतासँगै यो सेवा सफलतापूर्वक थालनी भएको बताइएको छ । अब दुरबिन प्रविधिद्वारा मृगौलाका विभिन्न शल्यक्रियाहरु गर्ने र झिकेर फाल्न चाहने विरामीहरुले यहीँबाटै सेवा पाउने भएका छन् ।’, डा. गुप्ताले भने ।
शल्यक्रिया गरिएकी परियारको अवस्था सामान्य भईसकेको छ । उनलाई मेडिकल कलेजले डिस्चार्ज पनि गरिसकेको छ । पेट चिरेर मृगौला झिक्दा विरामीहरुलाई लामो समयसम्म दुख्ने, चिरिएको घाउमा संक्रमणको खतरा हुने र विरामी पूर्णरुपमा ठीक हुन लामो समय लाग्ने हुनाले हिंजोआज ल्यापरोस्कोपिक नेफ्रेक्टोमी सर्जरीको प्रचलन बढ्दो छ । पेटमा प्वाल पारेर गरिने यो सर्जरी नेपालगञ्जमा गर्दा यस क्षेत्रका विरामीहरुलाई सस्तो र शुलभ हुने डा। गुप्ताले जानकारी दिएका छन् ।
युरेथ्रोप्लास्टी सर्जरी पनि थालियो
यसैबीच युरोलोजिस्ट डा। गुप्ताकै नेतृत्वमा नेपालगञ्ज मेडिकल कलेजमा पहिलो पटक युरेथ्रोप्लास्टी सर्जरी पनि थालिएको छ । पिशाव नलीमा अवरोध भएका विरामीकै शरीरको अन्य भागको छाला ९मुखभित्रको छाला बढी राम्रो० झिकेर पिशाब नलीकै आकार बनाएर जोड्ने कार्यलाई चिकित्सा क्षेत्रमा युरेथ्रोप्लास्टी भनिन्छ ।
अहिलेसम्म नेपालगञ्ज मेडिकल कलेजमा ६ जनाको युरोथ्रोप्लास्टी सर्जरी सफलतापूर्वक भईसकेको छ । कम्तिमा ३ घण्टादेखि बढीमा ६ घण्टासम्मा यो शल्यक्रिया हुन्छ । यो सेवा पनि नेपालगञ्ज मेडिकल कलेजबाट सुरु भएपछि अब यस क्षेत्रका युरेथ्रोप्लास्टी गर्नुपर्ने विरामीहरुलाई सहज हुने भएको छ । डा। गुप्ता नेपालगञ्ज स्थित महेन्द्र मा.बि. मा अध्यन गरी चिसापनी स्थित लर्डबुद्ध मेडीकल कलेजका पूर्व बिध्यार्थी हुन भने पढाइमा अती तिक्ष्ण रहेका दीपेश ोपालगञ्जका पूर्व मेयर बिजय गुप्ताका जेष्ठ सुपुत्र हुन ।
हाम्रो संरचना । २९ असार २०७४, बिहीबार २१:३२