२ श्रावण,कोहलपुर/ राजश्व अनुसन्धान बिभागको कोहलपुर स्थित मध्य तथा सुदुरपश्चिमाञ्चल कार्यालयमा कार्यरत अनुसन्धान अधिकृत भिम प्रशाद घिमीरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहीलाई अख्तियार अनुसन्धान अयोगले साउन १ गते आईतबार बिशेष अदालत काठमाण्डौंमा मुद्धा दायर गरेको छ ।
अख्तियारले राजश्व अनुसन्धान बिभाग कोहलपुरमा कार्यरत घिमीरे र शाहीले सेवाग्राहीबाट ५ लाख ७० हजार रुपैया नगद नै लगी भष्टाचार गरेको अवस्थामा रंगे हात पक्राउ गरी अनुसन्धान कार्य अगाढी बढाएको थियो ।
अख्तियारले भ्रष्टाचारी अरोप सहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ङ बमोजिम जरिवाना र हदैसम्मको बैदको माग गरी मुद्धा दर्ता गरीएको अख्तियारले प्रेस बिज्ञप्ती जानकारी गराएको छ । कोहलपुरमा राजश्व कार्यालयले राजश्व अनुसन्धानका लागी बिज बिजकको चेक जांचको नाममा गलत नियर राखेर दुःख दिने गरेको ब्यापारीको गुनासो यस अघि आएपनि कसैले चासो लिने गरेका थिएनन ।
हाम्रो संरचना । २ श्रावण २०७४, सोमबार १७:२६