सावधान ! बांके जिल्लामा करोडौं ठगी काण्ड जारी, लोभले लाभ,लाभले बिलाप

१० श्रावण, नेपालगञ्ज/ छिटो–छिटो पैसा कमाउने र छिटटै धनि हुने सपना बोकेका नेपालीहरुलाई लोभ ले लाभ लाभले बिलाप तिर धकेलिरहेको बिभिन्न घटना क्रमले देखाएको छ । जिल्ला प्रहरी कार्यालय बांकेको तथ्याड्ढका अनुसार हरेक महिना नया–नया किसीमले ठगि गरेका घटना प्रहरी समक्ष कार्वाही लागी आउने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेमा करोडौं रुपैया ठगि गरेकोले उक्त रकम असुल गर्न आवश्यक कार्बाही गरीपाउ भन्ने उजुरीको आधारमा छानबीन गर्दा बांके बनकटवाका कम्तीमा २५ जनाबाट करीब ५ करोड रुपैया सयकडा ८ प्रतीशतका दरले ब्याज दिने भनी एक–अर्कालाई कसैलाई थाहै नदिएर ठगी गरेको घटना बाहिर आएको छ ।
प्रहरीले गरेको सुरु अनुसन्धान तथा बयानका आधारमा घटनामा बांके बैजनाथ गाउंपालीका वडा नम्वर – ६ बस्ने भगवती भण्डारीलाई ब्याजमा लिएको पैसा राख्न दिने र आफुहरुले गाउंलेलाई चर्को ब्याज दिने सहमतीमा पैसा उठाउने गरेका बनकटवाकै बासिन्दा रही उक्त ठगी घटनामा उल्टै आफु पनि पिडीत भएको भनी प्रहरी समक्ष निवेदन दिएका ब्यक्तीहरु समिक्षा बि.सी. चम्फा बुढा, टिकाराम बस्नेत र मिना थापा रहेका छन ।

उपरोक्त ब्यक्तीहरुले स्थानिय ब्यक्तीहरुलाई ५ देखी ८ प्रतीशत सम्म ब्याज दिने भनी पैसा उठाउने गरेको र ब्याज भनी सुरुमै केही रकम दिने गरेकाले ब्याजको आसामा रकम दिदै आएका ब्यक्तीहरुले आपसमा कसैलाई पनि नभनि एउटै ब्यक्तीलार्य करौडौ पैसा ब्याजको आसमा दिएका थिए ।

लामो समय सम्म ब्याज तथा सवा नपाइ मानिस भाग्ने कार्य गरेकाले उपरोक्त ब्यक्तीलाई ठगीको उजुरी गरी प्रहरी समक्ष कार्बाहीको लागी स्थानिय बासिन्दाले लिखित आग्रह गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रहरी उपरीक्षक टेक प्रशाद राईले जानकारी दिनुभएको छ । उक्त ठगी घटनामा परेका ब्यक्तीहरुले प्रहरी समक्ष पाउनुपर्ने रकमको लिस्ट टिपाएका छन तर उक्त ल्स्टिको ब्याज विवरण भने प्रचलित कानुन बिपरति रहेको छ ।
बनकटवा मात्र नभएर कोहलपुरमा पनि एक कपडा पसल गरी बसेकी एक पूबी तराई बस्न गएकी महिलाले करोढौ रुपैया ठगेर भागेकोमा प्रहरी सम्पर्कमा ल्याएर आवश्यक छलफल गराई प्रमाणको आधारमा केही पैसा दिने भनी कागज गराई छाडेको जनाएको छ ।

ठगी कार्यमा संलग्न ब्यक्तीहरुले स्थानिय बासिन्दा संग घुलमिल गरी राम्रो सम्वन्ध बनाउन नाता लगाई केही ब्यवसायीक कारोबार गर्ने र सोही कारोबारोको लागी पैसा चाहिएको भन्दै बिभिन्न ब्यक्तीबाट एउटै प्रयोजनका लागी ब्याजमा पैसा उठाएर ठगी गर्ने गरेको पाइएको छ । प्रहरीले उक्त ठगी काण्डको पछील्लो ठगीएकाको रकम विवरण पनि उल्लेख गरिएको छ ।्