बागेश्वरी मन्दिरको करोडौंको चल/अचल सम्पती हिनामिना: चुस्त दुरुस्त राख्न अदालतको परमादेश कार्यन्वयन भएन

 

 नेपालगञ्ज/ पुनराबेदन अदालत नेपालगञ्जले बिपक्षी बागेश्वरी मन्दिरका ब्यवस्थापन सञ्चालक समितीलाई जारी गरेको परमादेश ५ बिती सक्दा पनि कार्यान्वयन भएको छैन ।

नेपालगञ्जका युवा तथा चर्चित अधिबक्ताहरु लोक बहादुर शाह, बल बहादुर चन्द लगायतको समूहले नेपालगञ्जको प्राचिन सम्पदा एवम धरोहरकोरुपमा रहेको सार्वजनिक अति महत्वपूर्ण बागेश्वरी मन्दिरको सञ्चालन ब्यस्थित र पारदर्शि नभएको, मन्दिरको नाममा रहेको चल–अचल सम्पती र भक्तजनहरुले दिने दान दक्षिणा तथा बिशेष पुजा वापतको हुने आम्दानी समेत हिनामिना पारीएको र मन्दिरको सरसफाइ तथा रेखदेखमा मन्दिरका सरोकारवाला समेतलाई पुनराबेदन अदालत नेपालगञ्जले त्यस्तो कार्य बन्द गरी ब्यस्थित रुपले मन्दिर सञ्चालनको पक्षमा बिभिन्न ३४ वटा बुंदामा समेटिएको आदेशलाई परमादेशको रुपमा फैसला गरी जारी गरेको थियो ।

बागेश्वरी मन्दिरको सञ्चालन बिधिवत र ब्यस्थित गरी मन्दिरको चल अचल सम्पती एवम मन्दिरमा हुने दैनिक आम्दानी पारदर्शि ढंगले राख्न र सम्पती हिनामिनालाई  कानुनी दायरामा ल्याउने लगायतको बिषयमा गरिएको उक्त परमादेशको पक्षबाट नेपालगञ्जका वरिष्ठ अधिबक्ता भोला सिह हमाल, बिद्धान  अधिवक्ता टिकाजंग सिह र प्रहलाद बहादुर कार्की, निवेदक अधिवक्ताहरु लोक बहादुर शाह,केवल सिह थारु, कृष्ण प्रशाद जैसी, बल बहादुर चन्द र प्रभाकर भटटराईले बहस गर्नुभएको थियो ।

मन्दिरको नाममा रहेको चल/अचल सम्पतीको संरक्षण सम्बदन गर्न, हिनामिना बाट रोक्न र दान दक्षिणा तथा बिशेष पुजा वापतको आम्दानी लेखापरिक्षण गराई ब्यवस्थित गर्न माग गदै पक्ष–बिपक्षहरुको लामो बहस पछी पुनराबेदन अदालत नेपालगञ्जका माननीय न्यायधीश द्वय यज्ञ प्रसाल बस्याल र बीर बहादुर डांगीको सयुंक्त इजलाशले गत बर्ष २०७३ साल असार २२ गते बिपक्षीहरु बागेश्वरी मन्दिरका मूल महन्त, मन्दिर ब्यवस्थापन समिती, नेपालगञ्ज उप–महानगरपालीका लगायतका कार्यालय तथा सम्वन्धीत कार्यालयका प्रमुखलाई परमादेश अबिलम्ब कार्यान्वयनको आदेश फैसला गरेको थियो ।

बागेश्वरी मन्दिरको नाममा कति सम्पती छ ?

मालपोत कार्यालय बांकेमा बिक्रम संवत २०२५ साल श्रावण १९ गते मंगलबार सरकारको ३ नम्वर गोश्वारा र ५ नम्वर डोर टोलीलाई लिखित जानकारी गराइएको एक सुरक्षीत रहेको तथ्याड्ढका आधारमा ९९ बिघा ५ कटठा १४ धुर रहेको अचल सम्पती देखिन्छ ।
ततकालीन समयमा २२५ बिघा जमिन रहेको कर्मोहना मौजा दिगबिजय सिहले बागेश्वरी मन्दिरको नाममा भोगचलनका लागी दिएको अर्को तथ्याड् पनि रहेको छ ।
जग्गाधनी बागेश्वरी मन्दिर रहि संचालक चन्द्रनाथ योगीले ४४ बिघा ११ कटठा ७ धुर र हरिहर नाथ योगीले ४२ बिघा १० कटठा १६ धुर गरी जम्मा ८७ बिघा २ कटठा ३ धुर रेखदेखको लागी जिम्मा लगाइएको थियो ।
भुमि प्रशासन कार्यालय बांकेको मिती २०२८ कार्तिक १५ गते गरेको एक निर्णयमा परम्परा अनुसार शर्त पालना गर्नेगरी बिभिन्न ब्यक्तीहरुलाई जग्गा भोगचलन गर्न दिन सकिने र त्यसबाट आएको आयबाट मन्दिर सञ्चालन तथा अन्य बिभिन्न काम गर्न सकिने उल्लेख गरीएको छ ।

मन्दिरको चल/अचल सम्पती हिनामिना कस्ले गदै आएको छ ?

जमिन तथा पुजा गर्दा भक्त जनहरुले चढाउने गरेको सुन चांदीको बिवरण अस्त ब्यस्त रहेको छ । जमिन खोज्दै जांदा मन्दिरका मुल महन्तहरु चन्द्रनाथ योगी र हरिहर नाथ योगीले बांकेको ततकालीन इन्द्रपुर गाबिसको वडा नम्बर ३क मा रहेको मन्दिरको जग्गाबाट मन्दिरको पुजा गर्दा अक्षता तथा हण्डीको लागी आवश्यक खर्च जुटाउन भनि चन्द्रनाथको नाममा ९ बिघा १३ कटठा १२ धुर र हरिहर नाथको नाममा ९ बिघा १९ कटठा ५ धुर जग्गा दर्ता पास गरी लिएको देखीन्छ ।

मन्दिरमा हुने दैनिक आम्दानी निजी मानेर लिने गरेकोमा केही समय यता मन्दिर भित्र भक्तजनहरुले चढाउने गरेको आम्दानी पुजारी आफैले र मन्दिर बाहिरको आम्दानीको केही भाग पुजारीले लिने गरेका छन । मन्दिरको पुजाको लागी भनि लिइएको जमिन मन्दिरका मुल पुजारी भएको दाबी गर्ने चन्द्रनाथ योगीले अधिकांश जमिन बेचबिखन गरीसकेको स्रोतले बताएको छ ।

हरिहर नाथको नाममा भएको जमिन भने बेचेका छैनन । उपरोक्त जमिन नेपालगञ्ज–खजुरा हुलाकी सडकसंग जोडीएर रहेको अवस्थामा जमिनको मुल्य करोडौं पर्ने अवस्थामा पनि रहेको छ ।
त्यसैगरी बिक्रम सम्वत २०१३ साल जेष्ठ १४ गते शंकर प्रशाद उपाध्यायले नेपालगञ्जको हालको वडा नम्वर ४ मा पर्ने लक्ष्मी चलचित्र मन्दिरको पूर्व उत्तरमा रहेको रात्रीकालीन क्रिकेट मैदान रहेको बिभिन्न ४ कित्तामा रहेको १ बिघा १५ कटठा ३ धुर जग्गा रजिष्ट्रेसन पास गरी बागेश्वरीको महन्त बताउने चन्द्रनाथलाई जिम्मा आएकोमा उपरोक्त जग्गाको संरक्षण नगर्दा निजका श्रीमतीहरु इन्दिरादेबी र साबित्री देबीको नाममा लगेको देखीन्छ ।

खजुराखुर्दमा ३ बिघा १६ कटठा २ धुर जग्गा स्थानिय राम प्रशाद दवगरले बागेश्वरी देबीको नाममा दान दिएको देखीन्छ । यसैगरी मन्दिरको वरीपरी थुप्रै घरघडेरी रहेको छन भने मन्दिर परिसरमा रहेको करीब २ बिघा जग्गा हाल नापी गरीएको छ ।

मन्दिरको वरीपरी रहेको जग्गा कब्जा गरेर बसेको र केहीले दर्ता समेतगरी भोग चलन गरीरहेका छन । मन्दिरको वरीपरी सटर भाडामा पसलहरु सञ्चालनमा रहेका छन भने साना पसलहरु  जसबाट मासिक ७० हजार भाडा बापत आम्दानी हुने गर्दछ ।

त्यसैगरी मन्दिरको दैनिक सरदरमा बागेश्वरी माताको नाम भारतमा समेत प्रख्यात रहेकाले भारतबाट ठुलो संख्यामा भक्तजनहर आउने र श्रदाका साथ माताको चरणमा बहुमुल्य धातु सुन तथा चांदीका गरगहना चढाउने पुरानो परम्परा रही आएकोमा त्यस्तो सम्पती के कती आम्दानी हुन्छ हाल त्यसको कुनै लेखा जोखा नै छैन ।

बिगतमा भक्तजनहरुले चढाएको बिभिन्न धातुहरुमा केहीको तथ्याड् फेला परेको छ र उक्त सुन र चांदी मालपोत कार्यालयमा  खजना घरको सेफमा राखीएको छ । २०२९ साल मंसिर ४ गते आइतबार भुवनेश्वर खनालले हस्ताक्षर गरी मालपोत कार्यालय बांकेका ततकालीन प्रमुखलाई बुझाएको देखीन्छ ।
उक्त पत्रमा उल्लेख भएअनुसार ८३ तोलाको चांदिको सिह २ वटा , १२० तोला चांदीको खम्बा २ थान , १६५ तोला चांदीको गरुड २ थान,४७ तोलाको करुवा १ थान, ४८ तोलाको बत्ती बाल्ने पानस, १३ तोलाको चांदीकै आरती बाल्ने दिप, ३३ तोलाको चांदीकै बाघको जोडा, २८ तोलाको चांदीको खम्बाको टुक्रा , ९५ तोलाको भगवतकिो मुर्ती, त्यसैगर िचांदीकै नेपालको झण्डा, घण्टी, अन्य बिभिन्न टुक्रामा रहेको गरी ठुलो संख्याको तौलमा रहेको बहुमुल्य समान हस्तान्तरण गरीएको पत्रमा उल्लेख छ । त्यसैगरी मालपोत कार्यालयमा रहेको तथ्याड्ढका आधारमा केही थान सुनका गहना समेत मन्दिरमा चढाइएको पाइन्छ । यसरी मन्दिरमा भक्तजनहरले चढाएको सम्पती बिगतमा केही भएपनि तथ्याड् राखेको पाइन्छ भने हालका दिनहरुमा मन्दिर ब्यवस्थापन अत्यन्तै अस्तब्यस्त रहेको छ ।

मन्दिरको अम्दानी कति हुन्छ ? 

मन्दिरको चल–अचल सम्पतीका साथै दैनिक मन्दिरमा हजारौ रुपैयाको आम्दानी हुने गर्दछ । मन्दिरका  महन्तले आफनो नाममा पास गरी बेच बिखन गरीसकेको जमिन समेत गरी हाल सम्म करीब ९३ बिघा जग्गा रहेको छ ।

मन्दिर वरीपरी  मुख्य बजारमा पसलको लागी सटर भाडामा दिइएको छ । बिगतमा महन्तले लै निजी आम्दानी मानी मन्दिर ब्यवस्थापन गर्ने गरेकोमा लामो समयको खोजबनि गरी मन्दिरको सम्पती ब्यवस्थती नभएको र चल–अचल सम्पती ब्यक्तीगतरुपमा नामसारी गरी हिनामिना गरीएको समाचार प्रकाशित गरी सम्वन्धति निकायको ध्यान झक–झक्याउने काम यस अघि नै गरिएको थियो ।

सटर बाट आउने आम्दानी मासिक करीब ७० हजार मन्दिर ब्यवस्थापन समितीले आम्दानी देखाउने गरेको छ । त्यसैगरी मन्दिरमा दैनिक बागेश्वरी देबीको दर्शन गर्न आउने भक्तजनहरुले देबीको सामुन्ने चढाउने धातु तथा भेटीको हाल मन्दिरका पुजारीले निजी रुपमा नै लिने गरेका छन ।

जसमा सरदर दैनिक २५ हजार रुपैयाले पनि कम्ती ७ लाख ५० हजार रुपैया मासिक पुजारीको मात्र आम्दानी हुने गरेको र उक्त रकम मन्दिरको कहि कतै लगानी नभएको समिती स्रोतले बताएको छ । मुद्धा परेर पुनरावेदन अदालतको फैसलापछी  महन्त चन्दनाथ र मन्दिर बयवस्थापन बीच मनमुटाउ बढेर गएको र बोलाचाली नै बन्दको अवस्थामा कस्ले के कती आम्दानी भयो कहां के खर्च गर्ने भन्ने कुनै योजना नभएको र मन्दिर झन अस्त ब्यस्त रुपमा सञ्चालन भैरहेको बताइन्छ ।

त्यसैगरी मन्दिरका पुजारी दुबै भाई चन्द्रथान र हरिहर नाथ बीच बिगत २ बर्ष देखी बोला चाली नै नभएको र मन्दिरको पुजा बाडेर १५/१५ दिन गर्ने गरी बाडेका छन । मन्दिरमा पुजाका लागी दिन बाडे पनि चन्द्रनाथले मन्दिरको पुजा आफु मन्दिरमा नबसी अरुद्धारा नै पुजा गराउने गरेको र बिशेष पुजाको बेला मात्र उपस्थित हुने गरेको बताइन्छ ।

मन्दिरमा गुठी ब्यवस्थापन समिती मार्फत हुने आम्दानीको बिषयमा पनि महन्त पक्षले असन्तुष्टी जनाउदै गुठी समिती पनि बैज्ञानिक पारदर्शि ढंगले सञ्चालन गनुपर्ने बताउदै बताइको छ ।
हामीले यस अघि पनि मन्दिर सबैको सार्वजनिक सम्पतीको बिषय भएकोले यसलाई कसैले निजी रुपमा लिन नहुने र समाचार ब्यवशायीक रुपले सत्य तथ्यको आधारमा प्रकाशन/प्रसारण गरीने भएकाले कसैको मान मर्दन वा अन्यथा नलिएर समाचार प्रकाशन गरेको आधारमा सार्वजनिक ठाउंमा गाली गलौच नगर्न र यस बिषयमा केही चित्त नबुझे सभ्य भाषामा यहि समाचारको तल कमेन्ट लेख्न समेत अनुरोध पनि छ । समाचार मन परेमा शेयर गर्न नबिर्सन पनि अनुरोध छ ।