फेरी पनि बांकेमा टेक नै प्रहरी प्रमुख,७०एसपीको सरुवा,बांके र दांगका एस.पी.बिशेष अनुसन्धान कार्यालयमा,

१७ श्रावन, नेपालगञ्ज/ नेपाल प्रहरीले ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।  प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले मंगलबार नियमित रुपमा देशभरीका प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । करीब २ बर्ष एउटै कार्यालयमा दरबन्दी रही कार्यगरेपछी प्रहरी उपरीक्षकहरुको सरुवा हुने गर्दछ । यसैक्रममा बांके तथा दांगमा प्रहरी प्रमुख रहि कार्य गर्नुभएका उपरीक्षक द्धय टेक प्रसाद राई र धिरज प्रताप सिहको प्रहरी प्रधान कार्यालय बिशेष ब्यूरो, नक्साल सरुवा गरिएको छ । 

बांके र दांगका उपरीक्षकहरु लामो समय सम्म राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा बिभिन्न किसीमका अनुसन्धानका क्षेत्रका कार्यरत एजेन्सीहरुसंग मिलेर कार्यगदै आउनु भएको थियो । जसमा एफबिआई, र र आइ एस आइ जस्ता प्रख्यात इन्टलीजिन्स एजेन्सीहरुको नजिक रहेर कार्य गरी सक्नुभएको लामो अनुभव रहेको छ ।

त्यसैगरी टेक बहादुर तमाग अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, टंगाल काठमाण्डौबाट  बांके जिल्ला प्रहरी कार्यालयमा सरुवा भएको छ ।

पुरै सरुवा लिष्ट हेर्न यहा क्लीक गर्नुहोस

https://drive.google.com/file/d/0B0Cevaw4ZeZ5TDJpZ1FOaEhWZko4d2Q3Sng3dTRYbXBJX0NZ/view

सम्बन्धित शीर्षक