नेपालगञ्जमा प्रतिकेजी च्याउ १२०० सम्म उपभोक्ता मारमा, Video क्लिप्स पनि..

१८ श्रावन,नेपालगञ्ज/ नेपालगञ्जमा हरेक दिनको, हरेक घण्टामा मुल्य फरक पर्ने बिषय बनेको छ जंगली च्याउ । नेपालगञ्जको त्रिभुवन चौकको उत्तर मन्दिर नजिकै आजभोली लाइनै बसेर च्याउ बेच्नहरुको भिड लाग्ने गरेको छ । ति भिडकै बीचमा उपभोक्ताहरु पनि ठेलम ठेल गरेर च्याउ हेरीरहेका हुन्छन चित्त बुझदो मुल्यमा पाएमा पैसा संग बिनिमय गर्छन नभए महगो भएकोमा किन्न नसकेर मलिन अनुहार बनाएर घर फर्किन्छन ।  

बर्षाको समयसमा जंगलका पाहिने त्यसमा पनि बिशेष खालको माटोको ढिस्को देवलमा पाइने च्याउको मुल्य नेपालगञ्जमा रु ४ सय देखी १२०० सय सम्म प्रति केजी बिक्री गरीरहेको पाइन्छ । सोमबार सांझ त्यहापुग्दा प्रती के.जी. रु ८०० मा खरिद बिक्री भइरहेको थियो ।
बांकेको कुसुम, कचानापुर, महादेवपुरी क्षेत्रका जनताले जंगलमा बर्षाको समयमा जंगलमा उम्रियको च्याउ टिपेर सडक छेउमा ल्याउने र बजारमा ब्यापारी गएर सस्तोमा खरिद गरी नेपालगञ्जमा आफनो मनपरी मुल्यको आधारमो बिक्री गर्ने गरेका छन । हेनोस च्याउको छोटो क्लिप्स