नेपालगञ्जको पुष्पलाल चौक–बसपार्क रोडको डिपीआर नै गलत, समस्या समाधानको लागी स्थानिय प्रशासनको पहल आवश्यक

पूर्व र पश्चिम नेपालमा निर्माण हुने भौतीक संरचना निर्माणको डिपीआरमै गरीन्छ बिभेद

१९ श्रावण, नेपालगञ्ज/नेपालगञ्जको पुष्पलाल चौक देखी बसपार्क सम्म सडक निर्माण प्राबिधिक रुपमा केही तु्रटी रहेको पाइएको छ । सडक बिभागले यस अघि हुलाकी राजमार्ग निर्माणका लागी बनाएको लागत तथा परियोजना बृस्तीत रिपोर्ट डिपीआर नै गलत बनाएका कारणले हाल समस्या उत्पन्न भएको हो ।

प्राबिधिकहरुले कति सम्मको लापरबाही गरेर कोठामै बसेर अन्दाजीको भरमा भौतिक निर्माणको डिपीआर निर्माण गर्छन भन्ने एउटा सानो तथ्य नेपालगञ्जको पुष्पलाल चौक–बसपार्क रोडमा देखिएको छ ।
हुलाकी राजमार्ग अन्र्तगत नेपालगञ्ज उप–महानगरपालीकाको सबै भन्दा बढी चौडाइ सडक अति आवश्यक रहने पुष्पलाल चौक–बसपार्क रोडको पिच भाग निर्माणको लागी डिपीआरमा जम्मा ५.५ मिटर मात्र उल्लेख गरी बनाइएको छ ।  

जुन ठाउं नेपालगञ्जको करोडौं रुपैया ऋण लिएर बसपार्क निर्माण गरिदै छ भने दैनिक सयौ ठुला सवारी साधनहरुको आवत–जावत हुने गर्दछ । उक्त ठाउंमा प्रयाप्त रुपमा चौडा सडक सहितको डिपीआर बन्नुपर्नेमा उक्त कार्य गरेको देखीदैन ।
सडकको दांया–बायां भने ३० मिटर खुला रहने राजमार्गको न्यूनतम मापदण्ड रहेको छ । उक्त सडक खण्डको डिपीआर एवम राजमार्गको नियम अनुसार ३० मिटर खुला भाग रहनु पर्ने देखिन्छ ।
त्यसैगरी उक्त राजमार्गको दायां–बायां निर्माण गरीने नालीको डिपीआरनै गलत तरिकाले बनाइएको छ । सडकको पानी मात्र नालीमा जाने र नालीको पानी बसपार्क तथा गणेशपुर क्षेत्रमा जम्मा हुने गरी पश्चिमबाट पूर्वतिर बगाइएको छ,जुन उप–महानगरपालीकाको ढल निकासको योजना तथा कार्यन्वयन बिपरीत रहेको छ । नाली बांगोटिंगो मनपरी तरीकाले निर्माण गरेको देखीन्छ । 

नेपालगञ्ज उप–महानगरपालीकाले बिगतमा एक प्राबिधिक सल्लाहकार लाई यसको बृस्तित अध्ययन गरी नगरको ढल तथा पानी निकासमा नगरको पश्चिम पटटी गर्ने कार्य गदै आएकोमा हाल उक्त सडक खण्डमा बनेको नालीको पानी पूर्व जाने बनाइएको छ । जुन डिपीआर नै गलत बनाइएकाले त्यस्तो कार्य भएको निर्माण पक्षल स्रोतले बताएको छ ।
हुलाकी राजमार्ग निर्देशनालयले पुष्पलाल चौक–बसपार्क रोडमा धेरै जनाको भौतीक संरचनामा क्षती पुग्ने र पछी आफै पछाडी सर्ने बाध्यता लाई दृटिगत गरी डिपीआर मा ३० मिटर फराकिलो उल्लेख भएपनी स्थानिय आवश्यक्तालाई बढी ध्यान दिएको निर्देशनालयका नेपालगञ्ज प्रमुख सौरभ बर्जाचायले हाम्रो संरचनालाई बताउनुभयो ।
डिपीआरकै कारणले गर्दा उक्त सडक खण्डको नाली तथा सडक निर्माणको सुवातमै परियोजना ब्यवस्थापन पक्षलाई दांतमा फलामको चिउरा चपाउनु जस्तै चुनौतीको सामना गर्नुपर्ने भएको छ ।

नेपाल सरकारको सडक बिभाग अन्र्तगत तराईका सबै जिल्लाको सदरमुकाम जोडने सडक कालोपत्रे सहितको पक्की निर्माण गर्न हुलाकी राजमार्ग निर्देशनालय नै गठन गरी काम सुरु गरिएको छ ।
उक्त सडकको डिपीआर मा गुणस्तरमा पनि कम उल्लेख गरिएको छ जुन पूर्वी नेपालमा र पश्चिम नेपालमा मा बन्ने सडकको मापदण्डमा बिभेद गरी डिपीआर निर्माण गर्ने गरिएको पाइएको छ ।
डिपीआर को आर्थिक लगानीमा समेत निर्माण गरीएको बुटवल–भैरहवा ४ लेन सडक र कोहलपुर–नेपालगञ्ज ४ लेन सडकमा बिभेदकारी डिपीआर निर्माण गरी सडक निर्माण गर्ने गरीएको छ ।
बुटवल–भैरहवा ४ लेन बाटोमा पीचको मोटाई करीब ५ सेन्टीमिटर राखेर बनाइएकोमा प्रती किलोमितर करीब ८ करोड लागत राखी डिपीआर बनाइएकोले उक्त सडक उत्कृष्ट बन्दै गएको छ । नेपालगञ्ज कोहलपुर सडक खण्डको डिपीआर मै कमसल खालको र बिकास निर्माणमा समेत पश्चिम क्षेत्रमा हेपाह र बिभेदकारी प्रबृतीले जस्तो पनि बनाए हुन्छ भन्ने दृष्टिकोणबा प्रेरीत भए बनाइएको देखीन्छ ।
त्यसैले पश्चिम नेपालमा निर्माण हुने ठुला तथा मझौला बिकास निर्माणमा कम लागतमै गुणस्तरहिन योजना बनाइन्छन र छिटटै बिग्रन्छन भन्ने प्रमाण माथी उल्लेख गरीएको हो ।
नेपालगञ्जको पुष्पलाल चौकबाट निर्माण हुन लागेको बांकेको नेपालगञ्ज–सुइया बगौडा ४४. ४ कि.मी. राजमार्ग यी परियोजना मध्यको सबै भन्दा बढी चुनौती रहेको परियोजना रहेको नेपालगञ्जका हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख शौरभ बर्जाचार्यले जानकारी दिनुभएको छ ।
बसपार्क रोड निर्माणका लागी पप्पु–लुम्बीनी कन्ट्रक्सन प्राइभेट कम्पनीले ठेक्का लिएपनि उसले बीचमा सरकार संग दलालीको रुपमा ठेक्का लिएर पुन पेटी ठेकेदारलाई काम दिर्ने कार्यलाई निरन्तरता दिदै बिभिन्न पेटी ठेकेदारलाई कामको जिम्मा लगाउने गरेको छ ।

नेपालगञ्जमा पनि उसले गणपती गु्रप बताउने राजेश ढकाल मार्फत काम गराइरहेको छ । निर्माण क्षेत्रमा कम गुणस्तर र समयमै काम नगर्ने कंलकित ठेकेदारको रुपमा रहेकाले पप्पु कन्ट्रकसन लाई युएनडिपी सहयोग अन्र्तगतको नेपागञ्ज ४ लेन सडकमा ५ करोड जरीवाना तिराई पप्पुलाई कालो सुचिमा राख्ने सम्वन्धीत निकायले यस अघि नै बताउदै आएको छ ।

माथील्लो निकाय संग भित्री सांठगाठले गर्दा काम पाउने र काम चित्त बुझदो नगर्ने कार्यले जरीवाना तिराए पनि काम भने पप्पुले नै पाउने कारण बिषय सोधन खोज्दा पप्पु कन्ट्रक्सनका तुल्सीराम भण्डारी बिदेश सयरमा गएकोले फोन सम्पर्क हुन सकेन ।

पेटी ठेकेदार हरुले परियोजनाको मा सडक किनाराको नाली भुइ १.२५ मिटर चौडा र १० सेन्टीमिटर बाक्लो ढलान गरी त्यसमा १÷४ को मसलाले इटटाको पक्की वाल बनाई ६० सेन्टीमिटर फराकीलो नाली र त्यसको पक्की ढलानले बन्द गर्नुपर्नेमा उक्त कार्य भएको छैन ।
उपरोक्त मापदण्ड पुरा नगरेमा उक्त कार्य अबैध मानिने छ त्यसको लागी स्थानिय बासीले आवाज उठाएर आवश्यक ठाउंमा सहयोग र गलत ठाउंमा बिरोध गर्ने अधिकार जनतामा रहेको परियोजना स्रोतले बताएको छ । \

पुष्पलाल चौक–बसपार्क रोडमा नालीको पानी कता बगाउने र कता बग्ने नगरपालीकाको निकास छ त्यो समेत हेक्का नराखेर परियोजनाको म्एच् निर्माण गरेको देखीन्छ । पप्पु कन्ट्रक्सनको कुनै ब्यक्ती परियोजना स्थलमा नहुने र पेटी ठेकेदारलाई सम्झाउदै काम गराइरहेको हुलाकी राजमार्ग निर्देशनालयका सहयोगी तथा प्राबिधिकहरुले जानकारी दिएका छन ।

नालीको पानीको निकास पुष्पलालचौक बाट बसपार्कमा लिएर छोडने गरी नालीको निर्माण भइरहेको छ, जुन परियोजनामा उल्लेख गरेको म्एच् भौगोलीक अध्ययन बिना निर्माण गरीएको देखीन्छ किनकी नगरको पानीको निकास पुष्पलाल चौकमै रहेको सुर्खेतरोडको नालीमा मिसाएर नगरको दक्षिण पश्चिममा निकास गनुपर्नेमा त्यसो नगरी न्यूरोड तथा बस पार्कमा उक्त नालीको पानी निकास हुने र सेतु बिक चौ तथा न्यूरोडमा थप डुवान हुने गरी उक्त नालीको संरचना बनीरहेको छ ।
नेपालगञ्ज नगरको ढल तथा पानीको निकास केही बर्ष अघि पूर्वी भागमा रहेकोमा त्यसको बृस्तीत अध्ययन पछी प्राबिधिक कारणले त्यसको निकास पश्चिम दक्षिणमात्र सम्भव रहेकोले नालीको पानी तथा ढलको निकास सोही बमोजिम हुनुपर्नेमा बसपार्क रोडमा त्यतो कार्य नगरेको पाइएको छ ।
स्थानिय बासीन्दाले सडक चौडा तथा गुणस्तरीय निर्माणको आवाज उठाइरहेको बिषयमा दोस्रो पटक आएका हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्ज खण्डका प्रमुख शौरभ बर्जाचार्यले यस अघि निर्माण भइ कार्यन्वयनमा आएको परियोजनाको म्एच् मा हुलाकी राजमार्ग ३० मिटरको चौडाईमा हाल ५.५ मिटर मात्र पिच रहेको बताउनुभयो ।
बिभिन्न पक्षहरको क्षलफलबाट हाललाई ११ मिटर पिच गर्ने सहमती भएपनि त्यसको समेत ब्यवस्थापन गर्न गइरहेकोमा उक्त पिच बढाउनु पर्ने र बढाउन नहुने स्थानीय बासीको आवाजलाई ब्यवस्थापन गर्न स्थानिय प्रशासनलाई पहल गर्न आयोजनाको तर्फबाट जानकारी गराइसकिएको हुलाकी सडक खण्डका प्रमुख सौरभले जानकारी दिनुभयो ।
पुष्पलाल चौक–बस पार्क नाली तथा सडक खण्ड थप फराकिलो हुनुपर्ने आवाजलाई ब्यवस्थापनको लागी स्थानिय प्रशासनको पहलमा, आयोजनाको ब्यवस्थापन पक्ष, निर्माण पक्ष, स्थानिय बासिन्दा र अन्य सरोकारवालाहरुको समेतको नगरपालीकामा सर्बदलिय बैठको आयोजना गरी अभिलम्ब निकास दिनुपर्ने आवश्क्ता रहेको छ । बर्षाको समयमा नाली खनेर हिलाम्मे सडक दैनिक सयौ को आवत जावतमा समेत ठुलो समस्या भोग्दै आउनुपरेकोले उक्त बिषयमा स्थानिय प्रशासनले पहल गरेर निकास दिनुपर्ने देखन्छि ।

हुलाकीे राजमार्ग निर्माणको पक्की निर्माणका लागी नेपाल सरकारसंग भारतले सम्झौता गरेको धेरै बर्ष सम्म पनि नबनाईदिएकाले ततकालीन नेकपा एमालेका नेता केपी ओली प्रधानमन्त्री हुदा हुलाकी राजमार्ग नेपाल सरकारले नै गर्ने निर्णय गदै बजेट समेत छुटटयाको थियो । सोही निर्णय बमोजि नेपाल सरकारले छुटटै हुलाकीे राजमार्ग निर्देशनालय गठन गरी कार्य थालनी गरेको हो ।