स्वच्छ, सुन्दर र हराभरा कोहलपुर शहर निर्माण अभियान सुरु

 

  • सरला सुबेदी  
  • १९श्रावण,कोहलपुर/

स्वच्छ सुन्दर सफा हरित कोहलपुर बनाउने कार्य योजना अनुरुप आज कोहलपुर नगरपालिकाले कोहलपुरको चौराह परिसर वरिपरी सरसफाइ को सुरुवात गरेको छ। कोहलपुर नगर प्रमुख लुटबहादुर रावतले  सरसफाइ कार्यक्रमको उदघाटन गदै  स्वच्छ सुन्दर र हराभरा कोहलपुर शहर निर्माणका लागी सबैको सहयोग र सहकार्य आजको आवश्यक्ता भएकाले यो अभियानमा साथ दिन सबैलार्इ आग्रह गर्नुभएको छ ।

हरित नगर र स्वच्छ सफा कोहलपुर बनाउन को लागी बिहिबारबाट सुरुवात गरिएको  हो। सरसफाइ कार्यक्रम पश्चात बोल्दै  रावतले “आज एक दिन कुचो बोकेर मात्र कोहलपुर नगरपालिका पुर्ण रुपमा सफा नहुने  र कोहलपुर लाइ सफा सुन्दर बनाउन को लागी पहिला त स्वयम हामी सबैको मन सफा का साथ सबै वडा,टोल-लाई सफा राख्नु पर्ने बताउनु भयो ।

उहांले कोहलपुर नगरपालिका बिशेष गरी  सुर्तिजन्य पदार्थले गर्दा नगर बढी फोहोर देखिएकाले  कोहलपुर उद्योग बाणिज्य सघ सङ्ग को सहकार्य गरेर सुर्ती जन्य पदार्थ बिक्री गर्दा बिशेष सतर्कता र ग्राहक हरुलाइ जथाभाबी फोहोर नगर्ने निर्देशन दिने र यदि उनिहरुले फोहोर गरेमा त्यसको जिम्मेवार स्वयम ग्राहक वा व्यापारि नै हुने नियम बनाउने र आफै बाट यसको सुरुवात गर्ने जानकारी दिनु भयो।

सरसफाइ कार्यक्रममा सबै वडा हरुको जनप्रतिनिधी हरु सशस्त्र प्रहरी बल त्रिपुरा गण को टोलि र स्थानिय व्यापारीहरुको पनि उपस्थिती रहेको थियो।।